प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समिक्षा दुई सन्तानकी आमा

2.4k
Shares

काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिने महिला समिक्षा संगौला ज्ञवाली दुई सन्तानकी आमा हुन् । उनको १० बर्षका छोरा र ५ बर्षकी छोरी छन् ।

समिक्षाले रैनादेव छहरा गाँउपालिका – १ सिद्धेश्वर पाल्पाका कमल ज्ञवालीसंग विवाह गरेकी हुन् । कमल नेपाली सेनामा आवद्ध छन् । अहिले उनी सैनिक अस्पताल नेपालगञ्जमा कार्यरत छन् ।

कमलका दाजु शंकरका अनुसार प्रधानमन्त्री ओलीको मिर्गौला फेर्ने चर्चा शुरु भए देखि नै समिक्षाले दान दिनका लागि ईच्छा व्यक्त गरेकी थिइन ।

पति कमलको साथमा समिक्षा

मामा प्रधानमन्त्री भएपछि भान्जी बालुवाटार नजाने कुरै भएन । त्यसक्रममा उहाँको स्वास्थ्यको कुरा उठ्थ्यो । बीचमा स्वास्थ्य विग्रियो । त्यसपछि डाक्टरहरुले मिर्गौला फेर्नुपर्ने कुरा गरे । त्यसबेला देखिनै उनी अघि सरेकी हुन् ।

बुधबार प्रत्यारोपण पछि चिकित्सकहरुले एकदमै राम्रो भएको बताएका थिए । विहीबार दिउसो अस्पताल परिसरमै भेटिएकी प्राडा दिव्या सिंह शाहले पनि प्रधानमन्त्रीको प्रत्यारोपण अपेक्षा अनुरुप नै सफल भएको बताइन । उनले युरिन सहज रुपमा पास हुन थालेपछि शुरुमै रिजेक्सन हुने हो की भन्ने  कता कता पलाएको डर पनि हटेको बताइन । उनले यहि रुपमा सुधार भए एक सातामा डिस्चार्ज हुने समेत जानकारी दिइन ।

प्रधानमन्त्रीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुने र भान्जीले दिने भनिएपछि चर्चामा आएकी हुन् समिक्षा । कतिपयले उनलाई दानी महिलाको संज्ञा दिएका छन्, कतिपयले दानी आमाको ।

तर उनले प्रधानमन्त्री ओलीलाई मिर्गौला मात्रै होइन यसअघि रगत दान समेत दिने गरेकी थिइन । उनको रगत दुर्लभ समूहका अर्थात ओ नेगेटिभ हो । संयोग प्रधानमन्त्री ओलीको रगत पनि सोही समूहको हो ।

त्यसैले पनि क्रस म्याच गर्दा ओली र समिक्षाको मिर्गौला बढी मिल्ने देखिएको चिकित्सकहरु बताउँछन् ।

‘प्रधानमन्त्री ज्यूलाई मिर्गौला दिन्छु भनेर आउने त धेरै थिए । तर सबै हिसावले मिलेको उहाँ (समिक्षा)को पाइयो । त्यसैले उहाँकै मिर्गौला लिने निर्णय गरेका हौँ,’ डा शाहले भनिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *