मिर्गौला प्रत्यारोपण पछि प्रधानमन्त्री ओली र भान्जी समिक्षाको स्वास्थ्यमा सुधार

368
Shares
प्रत्यारोपण गर्नु अघिल्लो दिन त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओली र उनकी भान्जी समिक्षा

काठमाडौँ, २२ फागुन । बुधबार ( हिजो) मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओली र उनलाई मिर्गौला दिने समिक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । दुबैजनालाई आजबाट झोल खाने कुरा दिने तयारी भएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले बताए ।

अहिले डाक्टरहरु राउण्डमै हुनुहुन्छ । थप डिटेल अपडेट त्यसपछि आउला तर स्वास्थ्य सामान्य भएको र क्रमिक सुधार भएको भन्ने जानकारी आईसक्यो । निर्देशक प्राडा खड्गाले भने ।

उनले आज झोलजन्य पदार्थ खान दिएर खानेकुरा शुरु गर्ने योजना रहेको समेत सुनाए । अहिले दुबैजना सामान्य बोल्न सक्ने अवस्थामा रहेको भएपनि चिकित्सकले बोल्न र भेटघाट गर्न समेत रोक लगाएका छन् ।

हिजो विहान साढे १० बजेबाट शुरु भएको मिर्गौला प्रत्यारोपणको काम दिउसो ३ बजेतिर सकिएको थियो । प्रत्यारोपण पछि सम्लग्न चिकित्सकहरुले निकै राम्रो भएको प्रतिक्रिया दिएका थिए । उनीहरुले सामान्य अवस्था रहेमा ओलीलाई ५ देखि ६ दिनमा डिस्चार्ज गर्ने योजना रहेको समेत जानकारी दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *