यस्तो छ प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्था

काठमाडौँ, २१ फागुन । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले बताएका छन् ।
ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी समीक्षा संग्रौला ज्ञवालीले दान गरेकी हुन् ।
अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्रीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको छ । अहिले पोस्टअप वार्डको आईसीयूमा राखिएको छ ।
मिर्गौला दिने समीक्षाको अवस्था पनि सामान्य रहेको डा. खड्काले जानकारी दिएका छन् ।
यता प्रत्यारोपणमा सम्लग्न चिकित्सकहरुले प्रत्यारोपण पछिको अवस्था सन्तोषजनक रहेको बताए । प्रत्यारोपणको नेतृत्वकर्ता प्राडा प्रेमराज ज्ञवालीले प्रत्यारोपण अपेक्षा अनुसार राम्रो भएको प्रतिक्रिया दिए ।
उनले प्रधानमन्त्रीको दोस्रो प्रत्यारोपण स्वदेशकै सरकारी अस्पतालमा हुनु आफ्नो र टिमकै लागि ऐतिहासिक र गर्भको कुरा भएको समेत बताए ।
सम्पर्क इमेल : [email protected]