नयाँ स्वास्थ्य सचिव कोइरालाले जिम्मेवारी सम्हाले
काठमाडौँ, २१ फागुन । निजामती समूहका नयाँ स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाले जिम्मेवारी सम्हालेका छन् । उनी आज स्वास्थ्य मन्त्रालय पुगि जिम्मेवारी सम्हालेका हुन् ।
स्वास्थ्यबाट निजामति तर्फका सचिव खगराज बरालले मंगलबार (हिजो) मात्रै विदा भएका थिए । सरकारले अघिल्लो सोमबार चार जना सचिवहरुको जिम्मेवारी हेरफेर गरेको थियो । सो क्रममा स्वास्थ्यमा संघीय तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कोइरालालाई र स्वास्थ्यमा रहेका सचिव बरालललाई उपराष्ट्रपति कार्यालय सरुवा गर्ने निर्णय गरेको थियो ।
पदवहाली कार्यक्रममा मन्त्रालय तथा विभागका उच्च अधिकारी तथा कर्मचारीहरुको सहभागिता थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]