स्वास्थ्य व्यवसायी परिषद र फार्मेसी परिषदका नव नियुक्त रजिष्ट्रारद्धारा पदवहाली
काठमाडौँ, १५ फागुन । नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल फार्मेसी परिषदका नवनियुक्त रजिष्ट्रारले पदवहाली गरेका छन् ।
नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनालले बुधबार अपरान्ह बाँसबारीस्थित कार्यालय पुगेर पदवहाली गरेका हुन् । यता फार्मेसी परिषद्का रजिष्ट्रार संजीव पाण्डेले विहीबार विहान विजुलीबजारस्थित कार्यालय पुगेर जिम्मेवारी सम्हालेका हुन् ।
पदवहालीका अवसरमा दुबैजना रजिष्ट्रारले सहज सेवा उपलव्ध गराउने आफूहरुको पहिलो प्राथमिकता रहेको बताएका थिए । उनीहरुले आफ्ना परिषदमा देखिएका कमीकमजोरीलाई हटाउने र सुधारको प्रक्रिया थालनी गर्ने समेत प्रतिवद्धता जाहेर गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको सिफारिसमा गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यी दुईवटा संस्थामा रिक्त रजिष्ट्रार पदमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।
सम्पर्क इमेल : [email protected]