ट्रमा सेन्टरमा अब विपन्नलाई शल्यक्रियाजन्य सामग्री नि:शुल्क !
काठमाडौँ, ८ फागुन । राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक बनेका डा सन्तोष पौडेलले आजै पदवहाली गरेका छन् । पदवहाली लगत्तै उनले ट्रमा सेन्टरमा विपन्न नागरिकलाई शल्यक्रियाजन्य सामग्री निशुल्क उपलब्ध गराउने निर्णय गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा पौडेललाई बिहीबार निर्देशकको जिम्मेवारी दिएको हो। मन्त्रालयबाट पत्र बुझेपछि सोझै ट्रमा सेन्टर पुगेका डा. पौडेलले पदवहाली लगत्तै हेड र स्पाइनल इन्जुरीको शल्यक्रियामा आवश्यक पर्ने शल्यक्रियाजन्य सामग्री तथा औषधि नियशुल्क उपलब्ध गराउने निर्णय गरेका हुन्।
विपन्न नागरिक औषधोपचार कोष अन्तर्गत सेवा प्राप्त गर्ने नेपाली नागरिकलाई हेड इन्जुरी र स्पाइनल इन्जुरीको शल्यक्रियामा आवश्यक पर्ने शल्यक्रियाजन्य सामग्रीहरु तथा औषधिहरुको व्यवस्था ट्रमा सेन्टरको सामाजिक सेवा एकाई मार्फत निःशुल्क प्रदान गर्ने प्रबन्ध मिलाउने’ निर्णयमा भनिएको छ, ‘सोको सोधभर्ना स्वास्थ्य सेवा विभागबाट प्राप्त गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरियो।’
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
भारत बाट सीधै implant पनि tax free आयात गर्न सके सहुलियतमा वा निशुल्क बिरामिलाई दिनेसकिएला की।