पाँचौँ दादुरा रुवेला खोप अभियान शुभारम्भ, ५६ करोड खर्च गर्दै सरकार

काठमाडौँ, १ फागुन ।  सरकारले आजबाट दादुरा रुवेला खोप अभियान शुरु गरेको छ । बालबालिकालाई दादुरा तथा रुवेला रोगबाट जोगाउन यो अभियान शुरु गरेको हो ।

अभियानले देशैभरका ५ वर्ष मुनिका करीब ३० लाख बालबालिकालाई समेटने बताइएको छ । यसका लागि अभियान दुई चरणमा सञ्चालन गरिदैँछ । पहिलो चरणमा आजबाट प्रदेश नं १, २ र ५ का ३४ जिल्ला तथा दोस्रो चरणमा बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ४३ जिल्ला समेटिदै छ ।

यो अभियानमा नेपाल सरकारसंग विश्व स्वास्थ्य संगठन, युनिसेफ र रोटरी क्लव र द ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) ले हातेमालो गरेका छन् ।

अभियानका लागि ५६ करोड रुपैयाँ

 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तका खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार यो खोप अभियानका लागि ५६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

खोपका लागि नेपाल सरकारको ५५ लाख रुपैयाँ र द ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)को तर्फबाट २३ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । यस्तै व्यवस्थापनमा नेपाल सरकारको १० करोड र भागीको २२ करोड रुपैयाँ छुट्याइएको छ ।

कति भायल खोप प्रयोग हुँदैछ ?


दादुरा रुवेला खोप अभियानमा सरकारले ३ लाख २२ हजार भायल दादुरा रुवेला (एमआर) खोप प्रयोग गर्ने भएको छ । यस्तै पोलियोका लागि १ लाख ७ हजार भायल खोप प्रयोग गर्नेछ । एक भायल पोलियो खोपले २० जनालाई दिन सकिन्छ । यस्तै एक भायल एमआर खोपले १० जनालाई दिन सकिने डा गौतमले बताए ।

कति जनशक्ति प्रयोग हुँदैछन् ?


अभियानमा ५ हजार स्थानीय सुपरभाइजर, ९ हजार खोप दिने स्वास्थ्यकर्मी, १ लाख स्वयंसेवक, ५० हजार खोप केन्द्र रहनेछन् । अभियानमा दादुरा रुवेला खोप लगाउने बालबालिकाको संख्या ९ महिना देखि ५ बर्ष मुनिका २९ लाख १२ हजार ५२७ जना छन् । यस्तै तराईका १९ जिल्लामा पाँच बर्षसम्मका १८ लाख ११ हजार १३१ जना बालबालिकाहरुलाई पोलियो रोग विरुद्धको खोप दिइनेछ ।

अभियानको पहिलो चरण (फागुन महिना भर) तीनवटा प्रदेशमा ( १, २ र ५) का ३४ जिल्लाका १८ लाख २४ हजार ४३३ जना बालबालिकालाई दादुरा रुवेला खोप दिन लागिएको हो । दोस्रो चरण भने आगामी चैत महिनामा शुरु हुन्छ । त्यसबेला बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ जना बालबालिकालाई यो खोप दिइने तयारी भएको डा गौतमले बताए ।

यसैबीच अभियानको औपचारिक उद्घाटन कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले ७५३ वटै पालिकासम्म अभियानलाई पु¥याउनुपर्ने बताए। उनले असल र स्वस्थ नागरिक उत्पादन गर्नका लागि वालबालिकालाई खोप दिन जरुरी रहेका भन्दै अभियानमा आम जनसमुदाय सहभागी हुनुपर्ने बताए ।

स्वास्थ्य सचिव खगराज बरालले सचेतभन्दा पनि पहुँच बाहिर रहेका, कामका सिलसिलमा बसाइसराई गरिरहने जनताका बालबालिकालाई समेट्नु पर्ने बताए।उनले बालअधिकारको अन्तराष्ट्रिय महासन्धिका चार पिलरमध्ये बाँच्न पाउने पहिलो अधिकार भएको भन्दै सबै बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरे।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा जोस भ्यान्डरस र युनिसेफका प्रतिनिधिले अभियानले दादुरा निवारण गर्ने सरकारको लक्ष्यमा सहयोग पुग्ने विश्वास व्यक्ति गरे।

परिवार कल्याण महाशाखाका निर्देशक डा भीमसिंह तिंकरीले दादुरा पहिले देखि नै नियमित खोप कार्यक्रममा रहेको र रुवेला पछि समेटिएको बताए । उनले खोपको कभरेज दर ९५ प्रतिशत पु¥याउनुपर्नेमा अहिले केही कम भएको जानकारी दिए ।

महाशाखाले सञ्चालन गर्ने नियमित खोप तथा यस्ता अभियानका लागि १ अर्व ६५ करोड रुपैयाँ ( बस्तुगत अनुदान)को रुपमा आएको समेत उनले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *