दश वर्षका लागि कति स्वास्थ्यकर्मी आवश्यक ? विधागत रुपमा प्रक्षेपण गर्दैछ स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ७ माघ । आगामी दश बर्ष भित्र नेपालका लागि कति स्वास्थ्यकर्मी आवश्यक छ ? अढाई महिना भित्र विधागत रुपमा प्रक्षेपण गर्ने योजनामा छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय । सन् २०३० सम्ममा दीगो विकास लक्ष्य (एसडीजी) पुरा गर्ने प्रतिवद्धता अनुरुप काम अघि बढाउनका लागि आवश्यक जनशक्तिको प्रक्षेपण गर्न लागेको हो ।

‘सन् २०३० को’एसडीजी टार्गेट मिट गर्नका लागि कति स्वास्थ्यकर्मी आवश्यक छ ? एचआरएसको स्ट्राटेजी र रोडम्यामको आधारमा रिपोर्ट तयार पारी आगामी मार्च महिनासम्ममा सार्वजनिक गर्ने योजनाका साथ काम अघि बढाएका छौँ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगर्तको प्रदेश तथा स्थानीय समन्वय शाखा प्रमुख भीम सापकोटाले भने ।

उनले नयाँ रिपोर्टमा आगामी १० बर्षका लागि कति चिकित्सक, नर्स, प्यारामेडिक्स, ल्याव टेक्निसियन, एनेस्थेसिया जस्ता विभिन्न विधाका स्वास्थ्यकर्मीहरु कति आवश्यक छ ? त्यो पनि ‘डिजिज प्याट्रोन’ अनुसार प्रक्षेपण गर्ने योजना रहेको सुनाए ।

‘खासमा अहिले नेपालमा कति स्वास्थ्यकर्मी छन् भन्ने ठ्याक्कै अनुमान गर्न गाह्रो छ, किनभने त्यसको विवरण लिने काउन्सिलहरु हो तर एउटै व्यक्तिले फरक फरक योग्यता हासिल गरेपछि फरक फरक काउन्सिलमा दर्ता भएको अवस्था पनि रहेछ । मन्त्रालयले केही अघि लिएको तथ्यांक अनुसार करीब सबै विधाका गरेर २ लाख जति स्वास्थ्यकर्मी रहेको पाइयो । तर हामीले अब चाहि नदोहोरि कन ठ्याक्कै कति छन् भनेर गणना गर्ने योजना बनाएका छौँ,’ उनले रिपोर्टमा ल्याउन लागेको अर्को विषय समेत उल्लेख गरे ।

त्यसो त एचआरएसको स्ट्राटेजी र रोडम्यापको काम चाही दुई बर्ष अघि देखिनै भईंरहेको छ , अब त्यसमा जनशक्तिको प्रक्ष्येपण पनि आउनुपर्छ भन्ने हिसावले काम अघि बढाएको सापकोटाले सुनाए ।

निजी क्षेत्रको समेत जोडिने
तीन करोड नेपालीको स्वास्थ्य सरकारीले मात्रै धान्ने कुरा होइन । स्वास्थ्य सेवाका लागि मुलुकमा निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका छ । सापकोटा भन्छन्, ‘त्यसैले हाम्रो प्रतिवेदनले निजी तथा सामुदायिक, सरकारी सबै गरेर कुल कति स्वास्थ्यकर्मी रहेछन भनेर पनि विवरण ल्याउने छ,’ उनले जनशक्ति मात्रै नभएर स्वास्थ्य संस्थाका पूर्वाधार, बेड संख्या आदिको समेत गणना हुने बताए ।

कस्ता जनशक्ति आवश्यक छ ? सुझाव दिइनेछ
शाखा प्रमुख सापकोटाले नयाँ रणनीति बनाउँदै गर्दा अव स्वास्थ्यमा कस्ता किसिमको जनशक्ति आवश्यक छ भन्ने कुरा पनि सुझावको रुपमा आउने बताए ।

‘अब पनि हामी एमवीवीएस र एमडीजीपी मात्रै अथवा एचए र सीएमए मात्रै उत्पादन गर्दा हुने हो कि नयाँ डिजिज प्याट्रोन अनुसार काम गर्दै जाने भन्ने बारेमा एनसीडी बढ्यो , क्यान्सर बढयो , मुटुको रोग बढ्यो , अब इसीजी टेक्निसियन बढी चहिने हो की ? त्यस्तो खालको जनशक्तिको पनि प्रक्ष्यपण गर्ने काम हुँदैछ । एचआरएसको रणनीतिमा अबको १० बर्षमा यो यो विधाका यति जति जनशक्ति आवश्यक छ भन्ने प्रक्षेपण गर्दैछौँ,’ उनले भने ।

दरबन्दी संरचना र गणना
संघीतामा गएपछि स्वास्थ्यको पनि साशकीय स्वरुप जो परिवर्तन भयो । नयाँ ओएनएम भए, नयाँ संरचना बने । नयाँ दरबन्दी संरचना बने । ‘अहिले हामी तत्काल स्थानीय तह प्रदेश तहमा संघीय तहमा कस्ता कस्ता दरबन्दी क्रियट भएछ भनेर अध्ययन गर्दैछौँ । हिजो बनायौँ र बाढ्यौँ । अब कहाँ कति जनाको दरबन्दी भएछ भनेर हेर्दैछौँ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *