चार बर्ष पछि स्वास्थ्यमा फर्किदै सहसचिव रघुराम विष्ट

2.9k
Shares

काठमाडौँ, ९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको सहसचिव पदमा रघुराम विष्ट आउने भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिवहरुको सरुवा गर्ने क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा रहेका विष्टलाई स्वास्थ्यमा सरुवा गर्ने निर्णय गरेको हो ।

त्यसो त विष्टका लागि स्वास्थ्य मन्त्रालय नयाँ भने होइन । चार बर्ष अघि पनि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सहसचिवकै रुपमा कार्यरत थिए । २०७२ माघ २७ मा उनलाई सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट तत्कालिन सूचना तथा सञ्चार मन्त्रालय सरुवा गरेको थियो । त्यसबेला कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारी उनले सम्हालेका थिए ।

अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जनसंख्या महाशाखाको प्रमुख रहने सहसचिव पद खाली छ । त्यहाँ रहेका सहसचिव मधुसुदन बुर्लाकोटी प्रदेश नं ३ मा सचिव भएर गएपछि सो पद खाली भएको हो ।

विष्ट यसअघि स्वास्थ्यमा रहँदा कर्मचारी प्रशासन महाशाखामा थिए । अब आएर कुन महाशाखामा जिम्मेवारी पाँउछन् भन्ने बारेमा भने एकिन भईनसकेको मन्त्रालय स्रोतले बतायो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *