गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा. चन्द्रमणि अधिकारी नियुक्त
काठमाडौँ, ८ पुस । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको कार्यकारी निर्देशक पदमा डा चन्द्रमणि अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मुटुरोग विशेषज्ञ डा अधिकारीलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
निर्देशकको चार बर्षे कार्यकाल पुरा गरी डा ज्योतिन्द्र शर्माको गत २५ साउनबाट विदा तत्कालिन उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले डा युवराज लिम्बूलाई गंगालाल अस्प्तालको निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद बैठकले भने अधिकारीलाई चार बर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]