कोल्डचेन उपकरणको जडान कार्य बाराबाट शुभारम्भ

488
Shares

कलैया, २८ कात्तिक ।  बाराको महागढिमाई नगरपालिका स्थित बरियापुर स्वास्थ्य केन्द्रबाट कोल्डचेन उपकरणको जडान कार्य थालनी गरिएको छ । उक्त नगरपालिकाका मेयर उपेन्द्र यादवको प्रमुख आथित्यतामा उपकरणको औपचारिक संचालन संगै कार्यक्रमको शुभारम्भ गरिएको हो ।

उद्घाटन कार्यक्रममा मेयर यादवले बालबालिकाको स्वास्थ्यको लागि यस उपकरणले महत्वपूर्ण भूमिका खेल्नुका साथै स्वास्थ्यकर्मीलाई पनि सेवा प्रवाह गर्न सहज हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल एशोसियसन फर मेडिकल साइन्सका अध्यक्ष नवराज बस्नेतले देशका विभिन्न २ सय ९० ठाउँमा जडान गरिन लागेको बताउँदै यसले देशको स्वास्थ्य क्षेत्रमा गुणस्तरीयताको सवालमा इँटा थप्ने विश्वास गरे । त्यस्तै उपकरण संचालन तथा व्यवस्थापनबारे बायोमेड दिपक महतले प्रकाश पारेका थिए ।

ग्लोबल अलाइन्स फर भ्याक्सिनेसन एण्ड इम्युनाइजेशन (गाभी) र युनिसेफले नेपाल सरकारलाई उक्त उपकरणहरु हस्तान्तरण गरेका थिए ।

नेपाल सरकारले यस आर्थिक वर्षमा देशका विभिन्न स्वास्थ्य संस्थामा उपकरण पु¥याउने लक्ष्य अनुरुप मंसिर मसान्त सम्ममा निर्धारित सबै केन्द्रमा उपकरण जडान सम्पन्न गरिने उपकरण जडानको जिम्मा लिने कम्पनीका इन्जिनियर जिवेजंग कोइरालाले बताए ।

जडान कार्यक्रम पूर्व वीरगन्जमा नेपाली प्राविधिकलाई छिमेकी देश चीन र भारतका प्राविधिकले तालीम समेत दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *