स्वास्थ्यकर्मी संघको अध्यक्षमा घिमिरेको ह्याट्रिक, बरिष्ठ उपाध्यक्ष साह र महासचिवमा भट्ट बिजयी ( कसले कति मत ल्याए ? )

2.3k
Shares

काठमाडौँ, २४ कात्तिक । नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा रामजी घिमिरे विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी ओम उपाध्यायलाई ११४ मत अन्तरले हराउँदै विजयी भएका हुन् । अध्यक्ष पदमा घिमिरेले ३३१ मत ल्याउँदा उपाध्यायको २१७ मत आएको थियो । यो संगै घिमिरेले संघमा लगातार तीन कार्यकाल अध्यक्ष बन्दै ह्याट्रिक हानेका छन् ।

यस्तै बरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह २६२ मतका साथ विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी दीपक मुडभरीले १६७ मत र अर्का प्रतिस्पर्धी भवानी शर्माले ९९ मत ल्याएका छन् ।

खुल्ला उपाध्यक्षमा रमिला चौलागाईँले ३३१ मतका साथ विजयी भएकी छन् । उनको प्रतिस्पर्धी  निराकुमारी निरौँलाले १८१ मत मात्रै प्राप्त गरिन् । यस्तै उपाध्यक्ष सरकारी तर्फ किरण ओली २८८ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी राज नारायण मण्डलको २०७ मत आएको छ ।

उपाध्यक्ष निजी तर्फ साहिला गिरीले २३२ मत प्राप्त गरिन। उनको निकटतम प्रतिस्पर्धी महेन्द्र थापाले १५४ मत र केदार रिजालले १०५ मत पाएका छन् ।

यस्तै महासचिवमा दीपक भट्टले ३१९ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी शंकर कंडेलले २२० मत मात्रै ल्याउन सफल भए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *