स्वास्थ्यकर्मी संघको चुनाव अपडेट : २५० भोट गणना गर्दा कसको कति ?
काठमाडौँ, २४ कात्तिक । नयाँ कार्यसमितिका लागि नेपाल स्वास्थ्यकर्मी संघको आज सम्पन्न निर्वाचनको मतगणना भइरहेका छ । सदस्य पदका उम्मेद्धार गोकुल पराजुलीका अनुसार २५० मत गणना गर्दा अध्यक्ष पदमा रामजी घिमिरेले १२७ भोट ल्याएका छन् । अध्यक्षका अर्का प्रत्यासी ओम उपाध्यायको १०४ भोट आएको छ ।
बरिष्ठ उपाध्यक्षमा रामचन्द्र साहले १०१ भोट ल्याउँदा दीपक मुडभरीको पक्षमा ८४ भोट पाएका छन् । अर्का प्रत्यासी भवानी शर्माको ३७ भोट छ ।
महिला उपाध्यक्षमा रमिला चौलागाँईको १३३ भोट आएको छ भने मिरा नेपालको ८२ भोट आएको छ । यस्तै उपाध्यक्ष सरकारी तर्फ किरण ओलीको १२९ भोट आएको छ भने राजन मण्डलको ८५ भोट आएको छ ।
यस्तै उपाध्यक्ष निजी तर्फ साईली गिरी १०० भोट, महेन्द्र थापा ६५ र केदार रिमाल ४२ भोट पाएका छन् ।
महासचिवमा दीपक भट्ट अगाडी देखिएका छन् । उनको १४४ भोट आएको छ । अर्का प्रत्यासी शंकर कंडेलको ८५ भोट आएको छ ।
कोषाध्यक्ष पदमा सुरेश पासवानको १११ भोट र राजकुमार तिवारीको ९३ भोट आएको छ ।
आजको निर्वाचनमा ५७५ भोट खसेको छ ।
सम्पर्क इमेल : [email protected]