स्वास्थ्यकर्मी संघको अधिवेशन २२ र २३ कात्तिकमै हुने

1.0k
Shares

काठमाडौँ, २१ कात्तिक । नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मीहरुको पेशागत संस्था नेपाल स्वास्थ्यकर्मी संघको अधिवेशन तोकिएकै समयमा हुने भएको छ ।  बुधबार बसेको संघको कार्यसमिति बैठकले अधिवेशन आगामी शुक्रबार र शनिबार (२२ र २३ कात्तिक)मा गर्ने निर्णय गरेको छ ।

यसअघि अधिवेशनको तयारी पुरा भईनसकेको भन्दै सहअध्यक्षद्धय ओमप्रसाद उपाध्याय, कृष्णप्रसाद नागिला, महासचिव दीपक मुडभरी लगायतका पदाधिकारीहरुले मिति सार्नुपर्ने बताउँदै आएका थिए । उनीहरुले अध्यक्ष रामजी घिमिरे एकपक्षीय ढंगबाट अघि बढेको भन्दै विरोध जनाएका थिए ।

‘खासगरी सदस्य वितरण र प्रतिनिधि छनौटमा केही विवाद पनि थियो । त्यसलाई मिलाएर अधिवेशन अघि बढाउने सहमति भएको छ,’ संघका एक पदाधिकारीले भने, ‘दुई बर्ष ढिलाई भइसकेको अधिवेशनलाई अझै कति ढिलाई गर्ने भनेर सहमतिमा जाने कुरा भयो ।’

अधिवेशन डिल्लीबजारस्थित नेपाल सांस्कृतिक संघको भवनमा हुने बताइएको छ । संघको अधिवेशनमा देशभरबाट ६५० प्रतिनिधि आउने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *