त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राडा धर्मकान्त बास्कोटा हुने निश्चित

368
Shares

काठमाडौँ, १७ कात्तिक ।  त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा धर्मकान्त बास्कोटा हुने निश्चित भएको छ । कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार (आज) विहानै प्राडा बास्कोटालाई बालुवाटार बोलाई उपकुलपतिको जिम्मेवारी दिन लागेको जानकारी गराएका छन् । यद्धपी अहिलेसम्म बास्कोटाले पत्र पाइसकेका छैनन् ।

प्रधानमन्त्री ज्यूको स्वास्थ्य उपचारको समेत काम थियो । त्यहि बखत नयाँ जिम्मेवारीको विषयमा विहान सामान्य छलफल भएको छ । यद्धपी अहिलेसम्म पत्र आईसकेको छैन् । प्राडा बास्कोटाले सम्छिप्त प्रतिक्रिया दिए ।

प्राडा बास्कोटा यसअघि मेडिकल काउन्सिलको अध्यक्ष थिए । उनको कार्यकालमा काउन्सिलमा धेरै सुधारका कामहरु भएका छन् । काउन्सिलको धुमिलिएको छवीलाई स्वच्छ बनाउने काम उनकै पालमा भएको बताइने गरेको छ ।
यसअघि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित सर्च कमिटिले त्रिविको उपकुलपतिका लागि प्राडा बास्कोटासंगै प्राडा भगवान कोईराला र प्राडा चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको थियो ।

प्राडा कोइरालालाई भने आज मात्रै बसेको मन्त्रिपरिषदको बैठकले काउन्सिलको अध्यक्षमा नियुक्त गरिसकेको छ । उपकुलपतिको नियुक्ति भने मन्त्रिपरिषदले गर्नुपर्दैन । कुलपतिको हैसियतले प्रधानमन्त्रीले गर्न सक्नेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *