नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
काठमाडौँ, ६ कात्तिक । नर्भिक इन्स्टिच्युट अफनर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच रणनीतिक साझेदारी तथा प्राज्ञिक सहयोग आदान–प्रदान सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
अन्तर्राष्ट्रिय अवसहरुलाई विस्तार तथा साँस्कृतिक सम्बन्धलाई मजबुत बनाउँदै विद्यार्थी तथा संकायहरुबीच सहयोग आदान–प्रदान गर्ने उद्देश्यले समझदारी उक्त पत्रमा हस्ताक्षर गरिएको हो ।
समझदारीपत्रमा नर्भिक इन्स्टीच्युट अफ नर्सिङ एजुकेशनका तर्फबाट कार्यकारी निर्देशक पारस शाक्य र माहिडोल विश्वविद्यालयका तर्फबाट त्यहाँका प्रेसिडण्ट वाञ्चोङ्ग माहा सायारियाले हस्ताक्षर गरेका छन् ।
दुई संस्थाबीच भाईचाराको अभिवृद्धि गर्ने, पाठ्यक्रम विकास, अनुसन्धान लगायतका अन्य शैक्षिक गतिविधिहरुमा सहयोग आदानप्रदान गर्ने, शैक्षिक ज्ञान तथा स्रोत साधनआदान–प्रदान गर्ने लगायतका कार्य हुने समझदारी पत्रमा उल्लेख छ ।
समझदारी आगामी ५ बर्षसम्म कायम रहने, समझदारी पत्रमा उल्लेखित बुँदाहरु आपसी सहमतिमा कार्यान्वयन गर्दै लगिने समेत जनाइएको छ ।
सम्पर्क इमेल : [email protected]