चिकित्सा शिक्षा आयोगको आग्रह पछि काउन्सिलले बाँढ्यो एमबीबीएस र बीडीएसको सिट (कसलाई कति ?)
काठमाडौँ, ३ कात्तिक । चिकित्सा शिक्षा आयोगले सहयोग मागेपछि नेपाल मेडिकल काउन्सिलले यसबर्षका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विश्वविद्यालद्धारा सञ्चालित मेडिकल कलेजहरुको सिट निर्धारण गरिदिएको छ ।
काउन्सिल स्रोतका अनुसार दशै अघि बसेको पूर्ण बैठकले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालय अन्तरगर्तका मेडिकल तथा डेन्टल कलेजका सिट निर्धारण गरेको हो ।
काउन्सिलले यसपटकको सिट पनि गतवर्षकै हाराहारीमा निर्धारण गरेको छ । मेडिकल कलेज तथा प्रतिष्ठानहरुलाई एमबीबीएस तर्फ बढीमा १०० सिट दिइएको छ भने डेन्टल कलेजलाई बढीमा ५० सिट दिइएको छ ।
आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरिले यसपटक आयोग क्रियाशिल हुँदा नै केही ढिला भएकाले काउन्सिललाई सिट निर्धारण गर्न सहयोग गरिदिन आग्रह गरेको बताए ।
‘यो जिम्मेवारी हाम्रो हो तर यसपटक आयोगको पदाधिकारी नियुक्ति हुँदा केही ढिलाई भएको थियो । त्यसैले यसपटक काउन्सिललाई नै सो जिम्मेवारी निर्वाह गरिदिन भनेका हौँ,’ प्राडा गिरिले भने, ‘तर हामीकहाँ भने त्यो लिष्ट आइसकेको छैन ।’
काउन्सिलले निर्धारण गरेको सिट यस्तो छ :
सम्पर्क इमेल : [email protected]