स्वास्थ्यको समायोजन : अब पालो अहेवको
काठमाडौँ, ७ असोज । अनमीको समायोजन सूची सार्वजनिक गरेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब अर्को ठूलो समूह रहेको अहेवको सूची सार्वजनिक गर्ने तयारीमा लागेको छ ।
मन्त्रालयका अधिकारीहरुले अबको साता भित्रै अहेवको सूची सार्वजनिक गर्ने गरी काम भइरहेको बताएका छन् ।
पछिल्लो समय अहेव तथा हेल्थ असिस्टेन्टहरुको पदनाम र पदस्थापनमा केही समस्या देखिएको थियो । त्यसलाई समाधान गर्न भन्र्दै मन्त्रालयले मन्त्रिपरिषदरमा प्रस्ताव समेत पठाइसकेको छ । त्यसको निर्णय भने अहिलेसम्म भइसकेको छैन ।
‘अनमीको आज सार्वजनिक भयो । यहि साता भित्र अहेवको पनि गर्ने गरी काम भइरहेको छ’ मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने ।
अहेवको सकिएपछि स्वास्थ्यको समायोजन करीब करीब अन्त्य हुने अधिकारीहरुले बताएका छन् ।
धेरै पटकको उल्झनलाई सुल्झाउँदै स्वास्थ्य मन्त्रालयले गत १५ असारबाट समायोजन सूची सार्वजनिक गर्न थालेको हो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

