नर्सिङ काउन्सिल निर्वाचनको मतगणना सकियो : डा. शाह, पौडेल र बराल बिजयी हुने निश्चित !
काठमाडौँ, २९ भदौ । नेपाल नर्सिङ काउन्सिलको रिक्त तीन सदस्य पदका लागि भएको निर्वाचनको मतगणना सकिएको छ । यद्धपी निर्वाचन समितिले मतपरिणाम पुर्न रुजु गरी औपचारिक घोषणा गर्न बाँकी छ । समितिले आइतबार (आज दिउसो) ३ बजे नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
तर, स्रोतले दिएको जानकारी अनुसार डा तारा शाह, कृष्णाकुमारी पौडेल र जीता बराल विजयी हुने निश्चित देखिएको छ । उपत्यका जीता भन्दा अघि देखिएकी तुलसा उपत्यकाको भोटले भने पछि परेकी छन् ।
यसपटकको काउन्सिल सदस्य निर्वाचनमा डा शाहको नेतृत्वमा नेकपा निकट नर्सहरुले उम्मेद्धारी दिएका थिए भने । सरला केसीको नेतृत्वमा कांग्रेस निकट नर्सहरुले उम्मेद्धारी दिएका थिए ।
दुई जना भने स्वतन्त्र रुपमा उठेका थिए । यद्धपी उनीहरुलाई नेकपा निकटबाट उठेको प्यानलको बाँकीको रुपमा चित्रण गरिएको छ ।
बिजयी भएको भनिएका डा शाह र पौडेल नेकपा निकट नर्स मानिन्छन् । यता बराल भने नेका नर्सको रुपमा परिचित छन् ।
सम्पर्क इमेल : [email protected]