यस्ता थिए प्रि-एमड्याक बैठकले एमड्याक र एनड्याक बैठकका लागि तय १४ बुँदे प्रस्ताव

काठमाडौँ, १९ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार मन्त्रालय स्तरीय विकास समाधान समिति (एमड्याक) बैठक सम्पन्न भएको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले गत शुक्रबार बसेको प्रि एमड्याक (मन्त्रालयस्तरीय विकास समतिको पूर्व बैठक) ले तय गरेको १४ बुँदे प्रस्तावको विषयमा छलफल गरेको छ ।

छलफलले सरकारबाट सञ्चालिन स्वास्थ्य बीमा सम्वन्धी कार्यक्रम एकीकृत तवरबाट सञ्चालन गर्ने विषय सहित अन्य केहीलाई प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने एनड्याक (राष्ट्रिय समाधान विकास समिति) बैठकमा लैजाने निर्णय गरेको छ ।

त्यसअघि आजै गत शुक्रबार बसेको प्रि एनड्याक बैठकले तय गरेका १४ वटा प्रस्तावमा छलफल भएको थियो ।

गत शुक्रबारको प्रि- एनड्याक बैठकले एमड्याक र एनड्याक का लागि तय १४ प्रस्तावहरु यस्ता छन् :

१. हाल भइरहेको दरबन्दीबाट वीर अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सेवा प्रवाह गर्न असफल भएकोले संगठन तथा व्यवस्थापन सर्भेक्षण गरी आवश्यक जनशक्तिको पहिचान गर्ने भन्ने विगतको मन्त्रालय स्तरीय विकास समस्या समाधानमा निर्णय भएको तर कार्यान्वयन नभएकोले विरामीको चाप हेरी संगठन तथा व्यवस्थापन सर्भेक्षणबाट आवश्यक जनशक्तिको पहिचान गर्ने सम्वन्धमा ।

२. मन्त्रालयको आपतकालिन तथा विपत व्यवस्थापन इकाईको, त्रिभुवन विमानस्थल लगायत अन्य निर्माणाधिन विमानस्थल तथा अन्तराष्ट्रिय नाकाहरुमा हेल्थ डेस्क सञ्चालनका लागि, स्वास्थ्य सेवा विभाग एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना शाखामा सूचना व्यवस्थापन र सर्भर व्यवस्थापनका लागि लागि कीटजन्य रोगको अध्ययन अनुसन्धान र तालिम सञ्चालन गर्न किटजन्य रोग तथा तालिम केन्द्रको र स्वास्थ्य बीमा बोर्डको संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्ने सम्वन्धमा ।

३. नयाँ थप भएको प्राथमिक अस्पताल र आधारभूत स्वास्थ्य केन्द्रको संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्ने सम्वन्धमा ।

४. हेल्थ इमरजेन्सी फण्ड व्यवस्थापन गर्ने सम्वन्धमा ।

५ . क्षयरोग अन्त्य गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिको लागि केन्द्रीय अस्पताल, प्रदेश अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको सहयोग समन्वयको लागि कार्यविधि तयार गर्ने सम्वन्धमा ।

६. औषधि प्रतिरोधी क्षयरोग निदानको एकमात्र साधन र द्रूत परीक्षण र नतिजा आउने भएका कारण क्षयरोग निदानमा समेत जीन एक्सपर्ट मेसिनको प्रयोग बढदै गउको तर सो मेसिन निर्माण गर्ने एकमात्र कम्पनी भएका कारण  Cephied को एकाधिकार रहेको । हाल यस केन्द्रले सो निर्माता कम्पनीको दिल्लीमा रहेको एजेन्ट र सो को नेपाली एजेन्ट सिसाससंग खरीद गर्दा अत्यन्त महंगो हुन गएको र सो मेसिनको वारेन्टी थप तथा क्यालिब्रेसन गर्न कठिनाई भएकोले निर्माता कम्पनीसंग नेपाल सरकार ग्राहक भै सिधै खरीद गर्ने सम्वन्धमा ।

७. औषधि, औषधिजन्य सामग्री र स्वास्थ्य औजार उपकरण खरीद प्रक्रियाका लागि विशेष खरीद प्रक्रिया अवलम्वन गर्ने सेन्टर विडिङ लोकल पर्चेजिङको नीति अवलम्बन गर्ने सम्वन्धमा ।

८. सरकारबाट सञ्चालित स्वास्थ्य बीमा सम्वनधी कार्यक्रम एकीकृत तवरबाट सञ्चालित गर्ने सम्वन्धमा ।

९. वीर अस्पतालको मास्टर प्लान अनुसार भौतिक संरचना (दुवाकोट समेत) निर्माणलाई प्राथमिकताका साथ लैजान र बैदेशिक सहायताको लागि बार्ता समिति गठन सम्वन्धमा ।

१०. शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल मुख्य शहरी क्षेत्र र घना वस्तीको बीचमा रहेकोले यस अस्पतालको प्रकृति अनुसार अस्पतालको भौतिक संरचना वस्ती भन्दा टाढा राख्नका लागि आवश्यक जग्गाको व्यवस्था सम्वन्धमा ।

११. सुर्तीजन्य पदार्थको अवैध व्यापार अन्त्य गर्ने प्रोटोकल (Protocol to eliminate illicit trade in Tobacco) प्राप्त नभएकोले सुर्तीजन्य पदार्थको अवैध व्यापार व्यापक भएकोले प्रोटोकल तयार गर्ने सम्वन्धमा ।

१२. पाटन अस्पतालमा जेष्ठ नागरिक उपचार सेवा निर्धारित १० बेडमा मात्र सिमित रहेकोमा अस्पतालबाट प्रवाह हुने सबै सेवाहरुमा उपलव्ध हुनुपर्ने विरामीहरुको माग रहेकोमा सो का लागि मन्त्रालयबाट बजेट विनियोजन सहित नीतिगत निर्णय सम्वन्धमा ।

१३.  विपन्न नागरिक आर्थिक सहायता कोषको क्यान्सर सम्वन्धी उपचार रकम प्रक्ति व्यक्ति एक लाखबाट नपुग भएको सम्वन्धमा ।

१४. एआरभी औषधि खरीद सम्वन्धमा ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *