चितवन : थालेसिमियाका बिरामीलाई सहयोग


चितवन, ७ साउन । भरतपुर अस्पतालमा उपचारार्थ थालेसिमियाका बिरामीलाई बेल्जियमस्थित चितवन सहायता कोष (क्याट)ले आर्थिक सहयोग गरेको छ । यसअघि नियमित सहयोग गर्दै आएको उक्त कोषले रु ९० हजार सहयोग गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले उक्त कोषबाट वर्षको दुईपटक सहयोग उपलब्ध हुँदै आए पनि बिरामीका लागि भने अपुग हुने बताउनुभयो । उक्त कोषले वर्षेनी (वर्षको दुई पटक) रु एक लाख ८० हजार सहयोग गर्दै आएको छ ।

यस्ता बिरामीलाई बिमाको दायराभित्र ल्याएमा आर्थिक भार कम हुने उहांँको भनाइ थियो । अस्पतालका बालरोग विशेषज्ञ डा.युवानिधि बसौलाले हाल अस्पतालमा ७८ जनालाई सेवा दिँदै आएको जानकारी दिँदै नियमित उनीहरुको उपचार र सुधारका लागि आइरन जिलेटिङ औषधि आवश्यक पर्ने बताए । उक्त कोषका सचिव सिर्जना अर्यालले यस संस्थाले विसं २०६७ सालदेखि नियमित सहयोग गर्दै आएकोे बताउँदै थप सहयोगका लागि अन्य संस्थाले पनि चासो देखाउनुपर्ने आवश्यकता औँल्याए ।

हाल उक्त अस्पतालमा उपचारार्थ बिरामीमध्ये ६० प्रतिशत बिरामी थारू समुदायका र बाँकी अन्य समुदायका छन् । प्राय वंशाणुगत यो रोग र लागेपछि बिरामीको रक्तकोषिकाले काम नगर्ने हुनाले महीनैपिच्छे रगत परिवर्तन गर्नुपर्ने हुन्छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *