२२ महिने बालकको चुडिएको दुईवटा औला मेडिसिटीमा जोडियो

काठमाडौ, २२ असार । नेपाल मेडिसिटी अस्पतालमा २२ महिने बालकको मोटरसाईकलको चेनमा परि चुडिएको दुईवटा औला जोडिएका छन् ।

करिव ९ घण्टा लामो शल्यक्रिया पश्चात बालकको चोरी र साइली औला जोडिएको अस्पतालका प्लाष्टिक सर्जन डा. संगम रायमाझीले जानकारी दिए ।

चोरी औला भनिने इन्डेक्स फिंगर सतहवाट चुडिएको थियो भने माझी तथा साईली औला बिचबाट चुडिएको थियो र रक्तसंचार रोकिइ सकेको थियो ।

दूर्घटना भएको ५ घण्टा भित्रमै शल्यक्रिया शुरु गरिएको चिकित्सकको भनाई छ । वहाँको अनुसार चोरी औला तल्लो भगवाट चुुडिए पनि अन्य औला भन्दा यो सुरीक्षत रहेको थियो ।

के गरियो औलामा ?

  • सर्वप्रथम चोरी औलालाई काटियो र रिप्लान्टेसन शुरु गरियो ।
  • त्यसपश्चात, औलाको नसा (फ्लेक्जोर टेन्डोन)संग मात्र जोडिएको साइली औलामा रक्तसञ्चार शुरु गरियो ।
  • माझी औलाको रक्तनलीमा धेरै चोट लागेकाले सो औलाको भने उपचार हुन सकेन ।

अस्पताल तथा चिकित्सकहरुका लागि चुनौतीः

  •  जम्मा २२ महिनाको बच्चा भएकाले संरचना निकै सानो रहेको र माइक्रोस्कोपबाट हेरेरनै शल्यक्रिया गर्नुपरेको
  •  काटिएको भन्दा पनि पेलिएको घाँउ भएकाले रिप्लान्टेसन कठिन बनेको

जनचेतनामूलक जानकारी

  • औलाको प्रत्यारोपण दूर्घटना ६ घण्टा भन्दा पछाडि पनि सम्भव रहेको तर त्यसका लागि चिसोमा राखिएको हुनुपर्ने
  • टुक्रिएको भागलाई सुख्खा झोलामा बन्द गरी चिसो पानीमा डुबाएर अस्पताल पु¥याउनु फाइदाजनक
  • यस किसिमको उपचार उपलब्ध हुने स्थानबारे जानकारी राख्ने
  • उपचारमा संलग्न चिकित्सकहरुमा प्लाष्टिक तथा कस्मेटिक सर्जन डा.संगम रायमाझी, एनेस्थेसोलोजिष्ट डा. असिम रेग्मी तथा नर्सहरुमा सज्जा पन्त, सुनिता राई, राधिका खत्री, रबिना चौधरी, रबिना चौधरी, मुना गुुरुङ्ग रहेका थिए ।

यस किसिमका शल्यक्रियाहरु गर्दा साधारणतया ६ देखि १० घण्टासम्म समय लाग्छ । निकै चुनौतिपूर्ण भएपनि यी शल्यक्रियाहरु विश्वभर रुचाइन्छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *