बिरामी जाँच गर्दा चिकित्सकले लिने शुल्कमा पुनारावलोकन गर्दै सरकार

काठमाडौँ, २७ असार । सरकार चिकित्सकहरुको परामर्श शुल्क पुनराबलोकन गर्ने तयारीमा लागेको छ । मुद्रास्फीति र अन्तराष्ट्रिय अभ्यासका आधारमा ५ वर्षपछि शुल्क पुनरावलोकन गर्ने तयारीमा लागेको हो ।

स्वास्थ्य मन्त्रालयमा बिहीबार बसेको शुल्क पुनरावलोकन सिफारिस कार्यदलको बैठकले चिकित्सकहरुको योग्यता र अनुभवका आधारमा शुल्क बढाउने प्रस्ताव गरेको हो।

मन्त्रालयको नीति योजना महाशाखाका प्रमुख डा विकास देवकोटाको संयोजकत्वमा चिकित्सक संघ, एशोसिएसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन नेपाल (अफिन), नेपाल मेडिकल काउन्सिल सहितको समितिको बैठकले शुल्क बढाउने प्रक्रिया अगाडि बढाएका हुन्।

छलफलमा देवकोटासहित, संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, महासचिव डा लोचन कार्की, कोषाध्यक्ष डा प्रकाश बुढाथोकी, अफिनका अध्यक्ष वसन्त चौधरी, नेपाल मेडिकल काउन्सिका कार्यवहाक अध्यक्ष डा नारायण विक्रम थापालगायतको उपस्थिति थियो।

छलफलले एमबीबीएस पास गरेर ५ वर्षसेवा अनुभव नभएका चिकित्सकको ३३५ रुपैयाँ, एमबीबीएस गरेर ५ वर्षको अनुभवपछि ३९० रुपैयाँ
एमबीबीएस गरेर फेलोसीप गरेको चिकित्सक ५३५ रुपैयाँ, ५ वर्षभन्दा कम अनुभव भएको एमडी (विशेषज्ञ) पास चिकित्सक ५९० रुपैयाँ
एमडी गरी ५ वर्षभन्दा बढी अनुभव भएको चिकित्सकले ६३५ रुपैयाँ लिन सक्ने प्रस्ताव गरिएको छ ।

डाक्टरको परामर्श शुल्कको विषयमा पहिलो पटक डा उपेन्द्र देवकोटा स्वास्थ्यमन्त्री हुँदा निर्णय भएको थियो। तर उक्त निर्णय कार्यानवयनमा अउन सकेको थिएन।

०७१ सालमा खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा संघको माग अनुसार शुल्क निर्धारण भएको थियो। त्यसबेला एमबीबीएस पास गरेर ५ वर्षसेवा अनुभव नभएका चिकित्सकको २५० रुपैयाँ, ५ वर्ष अनुभव भएपछि ३०० रुपैयाँ, एमबीबीएसपछि फेलोसिप गरेकाले ४०० रुपैयाँ, विशेषज्ञ चिकित्सकलाई ४५० रुपेयाँ र ५ वर्षभन्दा बढी अनुभव भएका विशेषज्ञले ४७५ रुपैयाँ परामर्श शुल्क लिन पाउने निर्णय भएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *