नयाँ संरचनामा ‘भत्किएको’ स्वास्थ्यको सूचना प्रणाली मर्मत गर्दै सरकार

काठमाडौँ, २६ असार ।  सरकारले संघीयता कार्यान्वयनसंगै भत्किएको स्वास्थ्यको सूचना प्रणाली मर्मत गर्ने तरखरमा लागेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ संरचनामा स्वास्थ्यको सूचना प्रणालीलाई प्रणालीलाई चुस्त राख्न नयाँ निर्णय गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले ‘स्थानीय, प्रदेश र संघीय तहबाट आफू अन्तरगर्तका स्वास्थ्य संस्थाको मासिक प्रतिवेदन केन्द्रीय सूचना प्रणालीमा प्रविष्ठ गर्ने तथा अन्य सूचनाहरु समेत स्वास्थ्य संस्थाहरुबाट स्थानीय तहमा, स्थानीय तहले स्वास्थ्य कार्यालयहरुमा, स्वास्थ्य कार्यालयहरुले स्वास्थ्य निर्देशनालयहरुमा र निर्देशनालयहरुले स्वास्थ्य सेवा विभागमा पठाउने संस्थागत व्यवस्था गरिएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए ।

उनले त्यससंगै   स्थानीयदेखि संघीय तहसम्म नियमित, निश्चित समय सीमा भित्र पूर्ण विवरणसहितको प्रतिवेदन गर्ने गराउने व्यवस्था मिलाउने निर्णय  गरिएको समेत जानकारी दिए ।

यो निर्णयसंगै करीब एक बर्ष देखि भताभुंग अवस्थामा रहेको स्वास्थ्यको सूचना प्रणाली पुर्नजिवित हुने देखिएको छ । नयाँ संरचनामा जाँदा खोप, परिवार नियोजन, आम औषधि सेवन कार्यक्रम लगायतका स्थानीय तहबाट नियमित रुपमा अपडेट हुने विवरण रोकिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *