विद्यालयलाई सेनेटरी प्याड, शैक्षिक र स्वास्थ्य सामग्री

92
Shares


भद्रपुर, १९ असार । विद्यार्थीको शैक्षिक गुणस्तर उकास्ने र नियमित विद्यालय आउन प्रेरित गर्ने अभिप्रायले भद्रपुर नगरपालिकाले नगरका ३१ सामुदायिक विद्यालयलाई बुधबार सेनेटरी प्याड, स्वास्थ्य र शैक्षिक सामग्री वितरण गरेको छ ।

नगरमा रहेका आठ माध्यमिकस्तरका सामुदायिक विद्यालयलाई एक हजारका दरले सेनेटरी प्याड, आठ आधारभूत र बाँकी प्राथमिक तहका विद्यालयका ३७२ लाई आकस्मिक स्वास्थ्य उपचार सामग्री वितरण गरिएको हो । नगरले यसै शैक्षिक सत्रबाट विद्यालय भर्ना भएका विद्यार्थीलाई लक्षित गरी शैक्षिक सामग्रीसमेत वितरण गरेको भद्रपुर नगर शिक्षा शाखाका स्रोत व्यक्ति प्रेम भुजेलले बताए ।

उनले महीनावारी भएको अवस्थामा विद्यालय नआउने छात्राको सङ्ख्या बढ्दै गएको हुँदा उनीहरुलाई विद्यालयमा नियमित उपस्थिति भई पठनपाठनमा सरिक गराउने उद्देश्यले सेनेरटरी प्याड वितरण गरिएको बताए ।

त्यसैगरी, विद्यालयमा कक्षा सञ्चालनको अवधिभर सामान्य चोटपटक लागेमा विद्यार्थीको प्राथमिक उपचार गराउन सजिलो होस् भनेर स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको छ । त्यसैगरी नगरले विद्यालयका प्रधानाध्यापकको बैठक नै गराएर यसै शैक्षिक सत्रको गर्मी बिदा यही असार २२ गतेदेखि साउन २२ गतेसम्म गर्ने निर्णय गरेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *