३७ बर्षे सरकारी सेवाबाट स्वास्थ्यका सहसचिव गुरागाईँले लिए बिश्राम

1.9k
Shares

काठमाडौँ, १७ असार ।  स्वास्थ्य मन्त्रालयका सहसचिव जनार्दन गुरागाईँले अवकाश पाएका छन् । ३७ बर्ष बढी सरकारी सेवामा विताएका उनले आजैबाट अवकाश पाएका हुन् ।

अवकाशको अन्तिम दिनसम्म विदा नवसी सेवामा खटिएका गुरागाईँलाई स्वास्थ्य मन्त्रालयले आजै अपरान्ह एक कार्यक्रम गरी विदाई गरेको छ । विदाई कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, स्वास्थ्य सचिवद्धय डा पुष्पा चौधरी, रामप्रसाद थपलिया सहित स्वास्थ्यका कर्मचारीहरु सहभागी थिए ।

कार्यक्रममा बोल्दै गुरागाईँले सरकारी सेवामा प्रवेश गरे देखिका अनुभव सुनाए । उनले आगामी दिन पनि सक्रिय रुपमै आफ्नो विज्ञता प्रकट गर्ने बताए ।

 

एघारौँ तहका डा. पन्त र डा. कार्कीको पनि सकियो अवधी

यसैबीच सार्क क्षयरोग केन्द्रका निर्देशक बनेका डा राजेन्द्रप्रसाद पन्त पनि उमेर हदका कारण अवकाश पाएका छन् । उनी गत आइतबार (१५ असार)मै उमेर हदका कारण अवकाश पाएका हुन् ।

अर्का एघारौँ तहका चिकित्सक डा हरिवहादुर कार्की ले पनि उमेर हदका कारण अवकाश पाएका छन् । उनी सोमबार (हिजो)बाट अवकाश भएका हुन् ।

यता राष्ट्रिय स्वास्थ्य तामिल केन्द्रका निर्देशक झलक शर्मा पौडेल( ११ औँ तह) पनि निकै छिटो अवकाश पाउँदै छन् । उनी आगामी २८ साउन देखि ६० बर्षे उमेर हदका कारण अवकाश पाउँदैछन् ।

स्वास्थ्यमा अवकाश पाउनेको शिलशिला यतिमै रोकिदैन । झलक शर्मा पछि अवकाश पाउने स्वास्थ्यका उच्च अधिकारीमा डा सुशील प्याकुरेल हुन् । समायोजन पछि स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी पाएका डा प्याकुरेल २२ भदौमा उमेर हदका कारण अवकाश हुँदैछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *