म्याग्दी : स्वास्थ्यचौकीलाई जग्गा दान


म्याग्दी, १७ असार । रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीलाई स्थानीयवासीले रु १० लाख मूल्य बराबरको पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । बेगका लोकबहादुर फगामी, हिमबहादुर फगामी र गोपी फगामीले रु १० लाख मूल्य बराबरको जग्गा उपलब्ध गराएका हुन् ।

फगामीत्रयले मालपोत कार्यालय म्याग्दीबाट स्वास्थ्यचौकी व्यवस्थापन समितिको नाममा जग्गा रजिष्ट्रेशन पास गरिदिएको वडाध्यक्ष बिलबहादुर फगामीले जानकारी दिए । लोकबहादुर र हिमबहादुर फगामीले तीन रोपनी पाँच आना तथा गोपी फगामीले एक रोपनी ११ आना जग्गा उपलब्ध गराउनुभएको छ । गोपीले उपलब्ध गराउनुभएको सडकले छोएको जग्गालाई रु पाँच लाख र लोकबहादुर र हिमबहादुर उपलब्ध गराएकोलाई रु पाँच लाख मूल्य कायम गरिएको छ ।

स्वास्थ्यचौकी भवन निर्माणका लागि समुदायस्तरबाट जग्गाको व्यवस्थापन गरेर प्रक्रिया शुरु गरिएको वडाध्यक्ष फगामीले बताए। हाल वडा कार्यालयको भवनबाट स्वास्थ्यचौकी सञ्चालन भइरहेको छ । साँघुरो कोठा भएको कच्ची भवनमा पर्याप्त कोठा तथा पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *