बैतडी : मौसम परिवर्तनसँगै बिरामीको सङ्ख्या बढ्यो

बैतडी, १० असार । गर्मीयाममा जिल्लामा बिरामीको चाप बढ्दै गएको छ । जिल्ला अस्पतालमा हाल दैनिक ८० देखि १०० सम्म बिरामी आउने गरेका छन् । अहिले प्रायः ज्वरोका बिरामी उपचारका लागि आउने गरेका उक्त अस्पतालका चिकित्सक जगदिशचन्द्र विष्टले जानकारी दिए । गर्मीयाम शुरु भएसँगै बिरामीको चाप बढेको उनको भनाइ थियो ।
बिरामीमध्ये वृद्धवृद्धा र बालबालिकाको सङ्ख्या बढी छ । मौसम परिवर्तनको समयमा सुक्ष्म जीवाणु बढी सक्रिय भएर मानिसमा सङ्क्रमण गर्ने भएकाले यो समयमा बिरामीको चाप बढेको चिकित्सक विष्टले बताए । धेरैजसो सङ्क्रमण पानीका कारणले हुने गरेकाले सफा पानी पिउनुपर्नेमा उनले जोड दिए । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



