बिरामीको मृत्यु पछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव

दाङ, ९ असार । चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव सिर्जना भएको छ । बङ्गलाचुलीगाउँपालिका–७ सिरुखर्ककी ४९ वर्षीय भिमी सारुको उपचारका क्रममा आज बिहान मृत्यु भएको थियो ।

मृतकका आफन्तले श्ययाबाट शव उठाएका छैनन् । बिरामीको ज्यानै जानेगरी भएको अस्पतालमा लापरवाही गर्ने चिकित्सकलाई कारवाही हुनुपर्ने माग गर्दै आफन्तले अस्पताल परिसरमा बसेर विरोध जनाएका छन् ।

काँपेर ज्वरो आउने, पखाला लाग्ने र पिसाबमा समेत समस्या देखिएपछि शनिबार प्रतिष्ठानमा भर्ना गरिएको थियो । तर बिरामी गएरातिदेखि झन् सिकिस्त भएपछि उपचारका लागि कुनै स्वास्थ्यकर्मीले चासो नदेखाएर बिरामीको मृत्यु भएको मृतकका श्रीमान् टीकाराम सारुले आरोप लगाए ।

उनका अनुसार गएराति १ बजे पिसाब बन्द भएको थियो । तर त्यहाँ कार्यरत नर्सले चासो नदिएको र चिकित्सकसमेत नआएपछि आज बिहान ८ बजे बिरामीको मृत्यु भएको मृतकका श्रीमान् सारुले बताए ।

अस्पतालका डा जीतनारायण यादवले पखालासँगै बिरामीको रक्तचाप कम भएका कारण मृत्यु भएको बताए । उनले भने, “बिरामीको मिर्गौलामा समस्या देखिएको थियो । पखाला लाग्ने र रक्तचाप पनि कम भएका कारण मृत्यु भएको हुन सक्छ ।” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *