निजी स्वास्थ्य संस्थालाई जथाभावी औषधि नबेच्न सुझाव


ताप्लेजुङ, ७ असार । निजी स्वास्थ्य संस्थालाई लागुऔषधका रुपमा प्रयोग हुने प्रकारका औषधि जथाभावी रुपमा बिक्री वितरण नगर्न जिल्ला अनुगमन समितिले सल्लाह दिएको छ ।

पछिल्लो समयमा नार्कोटिकलगायतका औषधिलाई युवाले लागुऔषधका रुपमा प्रयोग गर्ने गरेको पाइएकाले यसको नियन्त्रणका लागि बिक्री वितरणलाई व्यवस्थित गर्न समितिले सुझाएको हो । आज सदरमुकामका निजी अस्पताल तथा क्लिनिकमा अनुगमन गर्दै समितिले डाक्टरको रिपोर्ट लिएर आएका बिरामी बाहेकलाई औषधि नबेच्न भनेको छ ।

एन्जाईटिकलगायतका समस्या हुँदा प्रयोग गरिने उक्त औषधिलाई युवायुवतीले लागुऔषधको रुपमा प्रयोग गर्ने गरेका छन् । अनुगमनकै क्रममा औषधिलाई स्टोर गरेर राख्न, म्याद नाघेकालाई छुट्टै राख्न समेत सुझाव दिएको अनुगमन समितिका सदस्य तथा जिल्ला अस्पतालका डाक्टर सोनिङ लामाले बताए ।

आज गरिएको अनुगमनका क्रममा अवैध नभेटिएको समेत लामाको भनाइ छ । तमोर अस्पताल, लाईफ फार्मेसीलगायतका स्वास्थ्य संस्थामा आज अनुगमन गरिएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *