डडेल्धुरा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : मन्त्रालयले बनायो छानविन समिति
काठमाडौँ, १ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा अस्पतालको सुत्केरी मृत्यु प्रकरणको सत्य तथ्य छानविन गर्न मन्त्रालयका उपसचिव भानुभक्त न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय छानवीन समिति गठन गरेको छ । समितिको सदस्यमा बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा पुन्य पौडेल र बैतडी अस्पतालका मेसु डा बसन्त जोशी छन् ।
मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले जति सक्यो छिटो प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएको बताए । छानवीन टोली आजै डडेल्धुरातर्फ लागेको छ ।
गत ३१ जेठमा अमरगढी नगरपालिका ६ कि २५ वर्षीया गीता ताम्राकारको शल्यक्रियाका क्रममा मृत्यु भएपछि आफन्तहरुले डाक्टरको लापरवाही भन्दै हुलदंगा मच्चाएका थिए ।
उनीहरुले अस्पताल तोडफोड र उपचारमा सम्लग्न डाक्टर माथि समेत आक्रमणको प्रयास गरेका थिए ।
सम्पर्क इमेल : [email protected]