पूर्व शिक्षामन्त्री डीआर पौडेलको हृदयघातबाट निधन

1.2k
Shares

काठमाडौँ, ३१ जेठ । पूर्व शिक्षा मन्त्री धनिराम (डीआर) पौडेलको निधन भएको छ । आज विहान पौने सात बजे उनको हृदयघातका कारण निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार चितवनको माडी बगौडास्थित निवासमा बसिरहेका एक्कासी छातीमा असहज महसुस भएपछि अस्पताल लैजादै गर्दा बाटोमा निधन भएको हो ।

अहिले उनको सब माडी अस्पतालमा राखिएको छ । उनी २०७३ सालमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत थिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *