नेपालको क्षयरोग नियन्त्रण कार्यक्रम ‘ट्रयाक’ बाहिर ?

4.1k
Shares

काठमाडौँ, २६ जेठ । राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुले नेपालमा क्षयरोग नियन्त्रण सम्वन्धी सकारले अख्तियार गरेको अहिलेको रणनीति तत्काल परिवर्तन गर्न सुझाव दिएका छन् । उनीहरुले बर्तमान रणनीति गलत दिशामा गइरहेको भन्दै यही अवस्था जारी राखे सन् २०३५ सम्ममा क्षयरोग उन्मुलन गर्ने सरकारी लक्ष्य पुरा नहुने चेतावनी समेत दिएका छन् ।

नेपालको क्षयरोग सम्वन्धी कार्यक्रमको प्रभावकारिताको अनुगमन तथा मूल्यांकनका गर्न दुई साता देखि जोइन्ट एक्सटर्नल मोनिटरिङ मिसन (जेईएमएम)टोली देशका विभिन्न भागमा पुगेको थियो । सो टोलीले आइतबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले क्षयरोग नियन्त्रण कार्यक्रम गलत दिशातर्फ अघि बढेको देखाएको हो ।

जेईएमएमका नेतृत्वकर्ता डा पाउल नुनले क्षयरोग नियन्त्रण गर्ने विश्वव्यापी लक्ष्य पुरा गर्न अहिलेको रणनीति फेल हुने पाइएको प्रतिवेदन पेश गरे । पछिल्लो दश बर्ष देखि क्षयरोगका विरामीको संख्या र मृत्यु हुनेको संख्या एउटै देखिनु त्यसको गतिलो उदाहरण भएको भन्दै उनले क्षयरोगका विरामीलाई उपचारको पहुँचमा पु¥याउन चालिएका कदमहरु यथेष्ट नभएको बताए ।

अन्तराष्ट्रिय विज्ञ टोलीका सदस्य डा तारासिंह बमले क्षयरोग नियन्त्रणका लागि जति लगानी भएको छ, ‘त्यसको प्रतिफल नआएको बताए । एक हिसावले यो कार्यक्रम कोल्याप्स भएको भन्दा फरक पर्दैन । दश बर्ष अघि भन्दा अहिले न उपचारको पहुँचमा पुगेका छन्, न रिपोर्टिङ गतिलो छ, न स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई तालिम छ । पछिल्लो पटक नयाँ संरचनामा गएपछि क्षयकुष्टको युनिट पनि खारेज भएको छ । यसले क्षयरोग नियन्त्रण गर्ने कार्यक्रमलाई कोल्याप्स गर्न मद्धत पुरयाएको छ,’ उनले भने ।

कार्यक्रममा पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संयुक्त अनुगमनले दिएको सुझाव राम्रो भएको बताए । उनले क्षयरोग उन्मुलन गर्ने नेपालको प्रतिवद्धताका लागि अहिले दिएको सुझाव सहयोगी हुने बताए ।
स्वास्थ्य सचिव डा पुष्पा चौधरीले क्षयरोग नियन्त्रण कार्यक्रम प्रभावकारी ढंगबाट अघि बढेको भन्दै यसमा सुधार गर्नुपर्ने पक्षमा मन्त्रालय तयार रहेको बताइन ।

अर्का स्वास्थ्य सचिव डा रामप्रसाद थपलियाले क्षयरोग नियन्त्रण गर्नु अहिलेको मुख्य आवश्यकता रहेको भन्दै यसमा सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए ।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा भिमसिंह तिंकरीले सहि समयमा सहि सुझाव आएको भन्दै यसलाई मनन गरेर कार्यक्रम अघि बढाउने बताए । उनले क्षयरोगलाई प्रभावकारी बनाउन थप बजेट आवश्यकता रहेको औल्याए ।
१५ जना विदेशी विज्ञ, पाँच जना नेपालका विज्ञ सहितको टोलीले गत १२ जेठ देखि विभिन्न जिल्लामा पुगेर कार्यक्रमको प्रभावकारीताको अनुगमन गरेको थियो ।

नेपालमा क्षयरोगको विरामी ४५ हजार रहेको अनुमान छ । तर उपचारको पहुँचमा ३२ रहेको अनुमान छ । १३ हजार बढी अहिले पनि हराइरहेको बताइने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *