नेपाल चिकित्सक संघ जनकपुरमा डा. पण्डितको टिम बिजयी

2.4k
Shares


काठमाडौँ, २५ जेठ । नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा रामनरेश पण्डित विजयी भएका छन् । शुक्रबार जनकपुरमा सम्पन्न शाखाको निर्वाचनमा उनले अध्यक्षका प्रतिस्पर्धी डा अनिल ठाकुरलाई २० भोटले पछि पार्दै विजयी भएका हुन् । डा पण्डितले १५३ मत पाएका थिए ।

यस्तै बरिष्ठ उपाध्यक्षमा डा जामुनप्रसाद सिंह, उपाध्यक्षमा रामदेव चौधरी, सचिवमा डा रामजी यादव र कोषाध्यक्षमा डा रामज्ञान यादव निर्वाचित भएका छन् ।

यता सहसचिव र सहकोषाध्यक्ष पदमा भने क्रमश डा सञ्जय चौधरी र डा अवधेशकान्त झा निर्विरोध निर्वाचित भएका छन् । पाँच जना सदस्यहरुमा भने डा राखी साह, डा रतिश सिंह, डा मनोजप्रसाद गुप्ता, डा करमेन्द्र यादव, डा राकेश पण्डित विजय भएको निर्वाचन अधिकृत बनेका डा अजयकुमार मिश्रले बताए । उनका अनुसार निर्वाचनमा कुल २८७ खसेको थियो ।

डा मिश्रका अनुसार अघिल्लो टिमको कार्यकाल सन् २०१३ देखि २०१६ सम्म को कार्याकाल रहेपनि आन्तरिक विवादका कारण नयाँ कार्यसमितिका लागि अधिवेशन बोलाइएको थिएन । अहिले तीन बर्षपछि निर्वाचन सफल भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *