नेपाल स्वास्थ्यकर्मी संघले रक्तदान गरी स्थापना दिवस मनाइयो

124
Shares

काठमाडौँ, २५ जेठ । आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा नेपाल स्वास्थ्यकर्मी संघ भक्तपुरले रक्तदान कार्यक्रम गरी मनाएको छ । शुक्रबार आयोजित कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा नेपाल ट्रेट युनियन कांग्रेसको उपमहासचिव राधिका खनालले स्वास्थ्यमा समायोजन व्यवस्थित हुनेपर्ने, स्वास्थ्यकर्मीसंघको महाधिवेशन शीघ्र अधिवेशन गर्नुपर्नेमा जोड दिइन ।

स्वास्थ्यकर्मी संघका सहअध्यक्ष ओम उपाध्यायले समायोजनले स्वास्थ्य सेवा अस्थव्यस्थ बनाएको भन्दै यसलाई सुधार गर्नुको विकल्प नभएको बताए । उनले व्यवस्थित समायोजन हुनुपर्नेमा जोड दिए ।

स्वास्थ्यकर्मी संघ भक्तपुरका अध्यक्ष राजकुमार थापाले संघ व्यवस्थित हुनुपर्ने भन्दै समायोजनले सबै स्वास्थ्यकर्मीलाई न्याय दिनुपर्ने बताए ।
कार्यक्रममा रक्तदान गर्ने सबैलाई प्रमुख अतिथि, अतिथि र अध्यक्षले प्रमाणपत्र दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *