प्रमाणिकरण भएर आएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा त्रुटि भेटियो : शिक्षामन्त्री पोखरेल

976
Shares

काठमाडौँ, २२ जेठ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रपतिबाट प्रमाणिकरण भएर आएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका केही बुँदामा त्रुटी भएको बताएका छन् । उनले अन्जानबस भएको त्रुटिलाई संसोधन प्रस्ताव हाली संसदबाट पारित गराउने जानकारी दिएका छन् ।

रातोपुलस्थित नेशनल बाथरोग सेन्टरको छैटौँ बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्ने क्रममा मन्त्री पोखरेलले राष्ट्रपतिबाट प्रमाणिकरण भएर आएको विधेयकमा प्रमाणपत्र मुनिका कार्यक्रम फेजआउट गर्ने भन्ने बुँदामा गल्ती भएको बताए ।

उनले भने, ‘प्रमाणिकरण भएर आएको विधेयकमा पहिलेको प्रस्ताव पनि परेछ । पछि सच्याइएको पनि परेछ । यसले दोहोरो अर्थ लाग्ने समस्या भएको छ । कार्यान्वनयमा थप अप्टेरो पर्ने देखिएको छ । त्यसैले यसलाई सच्याउनका लागि सभामुख कृष्णबहादुर महरासंग छलफल गरिसकेको छु । अब यसलाई सच्याएर अघि बढ्नुपर्छ ।’

उनले प्रमाणपत्र तह भन्दा मुनिका स्वास्थ्य संस्था फेजआउट गर्ने वा नगर्ने, कसरी गर्ने भन्ने विषय आयोगलाई दिइने भनिएको र अर्को बुदामा फेजआउट गर्ने कुरा स्पष्ट ढंगले लेखिएकोले कानुन बाँझिएको बताए ।

कार्यक्रममा उनले बाथरोगको उपचामा नेशनल बाथरोग सेन्टरले उत्कृष्ठ कार्य गरेको भन्दै प्रशंसा गरे । सोही अवसरमा मन्त्री पोखरेलले नेपाल जेष्ठ प्राध्यापक समाज तथा बद्रीतिर्थ आर्थराइटिस समाजले हरेक बर्ष प्रदान गर्ने तिर्थानन्द बैद्य मेमोरियल लाईफटाइम एचिभमेन्ट अवार्डबाट प्राडा बीरेन्द्रप्रसाद मिश्रलाई सम्मान गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “प्रमाणिकरण भएर आएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा त्रुटि भेटियो : शिक्षामन्त्री पोखरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *