प्रधानमन्त्रीबाट मुख्यमन्त्री पौडेलको स्वास्थ्य स्थितिबारे जानकारी

296
Shares

काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आज बिहान पुगी उनले त्यहाँ मुटुको शल्यक्रिया गराएका मुख्यमन्त्री पौडेलको अवस्था बुझेका थिए । मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरिरहेको छ ।मुख्यमन्त्री पौडेको अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *