प्रदेश नं ३ का मुख्यमन्त्री पौडेल गंगालाल अस्पतालमा भर्ना

352
Shares

हेटौँडा, २० जेठ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल काठमाडौँको  बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका पौडेललाई केन्द्रले एक हप्ताका लागि भर्ना गरेको हो ।

मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका आइतबार (हिजो) केन्द्रमा पुगेका थिए । उनी हिजो देखि नै केन्द्रमा भर्ना भएका हुन् । त्रिहत्तर वर्षीय पौडेल प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ छन् । उच्च रक्तचाप तथा मधुमेह रोगबाट ग्रसित भएका पौडेल पछिल्लो समय काममा बढी खटिदा स्वास्थ्यमा थप समस्या देखिन थालेको बताइएकोछ । उनको यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीयाविन्दुको शल्यक्रिया गरिएको थियो ।

पौडेलको गङ्गालाल हृदयरोग निवारण केन्द्रका विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । अस्पतालका चिकित्सकका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ ।

अस्पताल भर्ना भएसँगै मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रम स्थगन गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।

मुख्यमन्त्री पौडेल अस्पताल भर्ना हुनुभएपछि यही जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्को बैठकसमेत प्रभावित हुने भएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *