नेपालमै पहिलो पटक क्षयरोगीको खकार, रिपोर्ट र औषधिको ढुवानीका लागि ड्रोन सञ्चालन

4.6k
Shares

प्युठान २० जेठ । संकास्पद क्षयरोगीको खकारको नमुना प्रयोगशालासम्म पुर्याउन नेपालमै पहिलो पटक ड्रोन प्रविधिकिो प्रयोग गरिएको छ । प्युठान जिल्लामा क्षयरोग शिघ्र निदान र उपचारका लागि दुईवटा ड्रोनको प्रयोग गरिएको हो ।

निक साइमन फाउन्डेशनको आर्थिक तथा लिभरपुल स्कुल अफ ट्रोपिकल मेडिसिन र स्टोनी ब्रुक युनिभर्सिटीको प्राविधिक सहयोगमा बिराट नेपाल मेडिकल ट्रष्ट (वीएनएमटी)ले आइतबारबाट प्युठानमा ड्रोन सेवा शुरु गरेको हो । उडान भर्नका लागि ड्रोन नेपालले सहयोग गरेको छ ।

आइतबार स्वास्थ्य मन्त्रालय सहसचिव महेन्द्रप्रसाद श्रेष्ठ र राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा भीम सिंह तिकंरीले आइतबार संयुक्त रुपमा ड्रोन सेवाको उद्घाटन गरेका थिए ।

उक्त ड्रोनले तोकिएको सेन्टरबाट वरपरका स्वास्थ्यचौकी सम्म पुगेर संकलन भएका संकास्पद क्षयरोगीको खकार स्टेशनसम्म ल्याउने र त्यहाँबाट औषधि तथा त्यसको रिपोर्ट ती स्वास्थ्यचौकीसम्म पुरयाउने काम गर्दछ । उक्त ड्रोन सात केजी तौल बोकेर उड्न सक्छ । २ किलोमिटर उचाईमा उड्न सक्ने सो ड्रोन १५ किलोमिटर लामो दुरी तय गर्न सक्ने बताइएको छ ।

संकास्पद क्षयरोगीको खकार स्थानीय महिला स्वास्थ्य स्वयं सेविकाहरुले सम्वन्धीत स्वास्थ्यसम्म पुरयाउने र त्यसपछि स्वास्थ्यसंस्थाका स्वास्थ्यकर्मीहरुले ड्रोनमा राखेर जेन एक्सपर्ट सेन्टरसम्म पुरयाउने बताइएको छ ।

यो ड्रोनको स्टेशन एउटा बिजुवार अस्पताल र अर्को भिङरी प्राथमिक स्वास्थ्य केन्द्र हो । सहसचिव श्रेष्ठले भने, त्यहाँबाट वरिपरिका स्वास्थ्य चौकीसम्म पुगेर संकास्पद क्षयरोगीको खकार ल्याउने र औषधि लैजाने काममा प्रयोग हुन्छ ।

स्वीटजरल्याण्डमा निर्मित यो ड्रोनको मूल्य सात लाख भन्दा बढी भएको श्रेष्ठले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *