कान्तिमा बच्चाको युरोलोजी सम्वन्धी स्पेशल ओपिडी

840
Shares

काठमाडौँ, १४ जेठ । कान्ति बाल अस्पतालले बच्चाको पिसाव सम्वन्धि बहिरंग सेवा (यूरो ओपिडी) सञ्चालनमा ल्याएको छ । पेडियाट्रिक सर्जन डा. विजय थापाको अगुवाईमा गत बैशाखको दोस्रो साता देखि यूरोलोजी सम्वन्धी स्पेशल ओपिडी सेवा सञ्चालनमा आएको हो ।

डा थापाले हरेक साता मंगलबार र शुक्रबार विहान ११ देखि १ बजेसम्म यो सेवा दिदै आएका छन् । ‘बच्चाको सर्जरीमध्ये ४० प्रतिशत बिरामी यूरोलोजी सम्वन्धि नै हुन्छ । त्यसैले पनि यो सेवा शुरु अनिवार्य थियो । मैले यस विषयमा केही फेलोसिप गर्ने मौका समेत पाएँ । त्यसैको कार्यान्वयन गरेको मात्र हुँ,’ डा थापाले भने ।

उनले शुरु गरेको ओपिडीमा अहिले दैनिक १५ देखि २० जनासम्म बालबालिकाहरु आउने गरेका छन् ।

कान्तिको मेडिसिन विभागले यसअघि नै मुटु, ग्यास्ट्रो, न्युरो, इन्डोक्राइनो लगायतको ओपिडी सेवा सुरु गरिसकेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *