वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका स्वास्थ्यमा पनि लागू, नयाँ कमिटिले गरयो ८ जनाको नाम सिफारिस

1.8k
Shares

काठमाडौँ, १३ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ लाई कार्यान्वयनमा ल्याएको जनाएको छ ।

बैदेशिक भ्रमणको मनोनयन तथा सिफारिस गर्न गठित समितिको गत बुधबार बसेको समितिको पहिलो वैठकले मन्त्रालयलाई आएको म्यानमार, भारत र अष्ट्रेलियामा हुने चारवटा छुट्टाछुट्टै कार्यक्रमका लागि ८ जनाको नाम सिफारिस गरेको छ ।

मन्त्रालयका सहसचिव एवं वैदेशिक भ्रमणको मनोनयन तथा सिफारिस गर्न गठित समितिका संयोजक जनार्दन गुरागाईँका अनुसार गत ८ जेठमा बसेको बैठकले मन्त्रालयलाई आएको निमन्त्रणालाई स्वीकार्दै ८ जना कर्मचारी पठाउने निर्णय भएको बताए ।

उनका अनुसार आगामी ११ देखि १३ जुनसम्म म्यानमारमा हुने जलवायू परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको असर सम्वन्धी कार्यक्रममा मन्त्रालयका जनस्वास्थ्य प्रशासक भीम सापकोटालाई पठाउने निर्णय भएको छ ।

यस्तै विश्व स्वास्थ्य संगठनको आयोजनामा आगामी २५ र २६ जुन तथा २६ र २७ जुनमा हुने कार्यक्रममा मन्त्रालयले विभिन्न तहका ६ जना कर्मचारीलाई भारत पठाउने निर्णय गरेको छ ।

भारतमा हुने मिटिङमा मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा विकास देवकोटा, वीर अस्पतालका अंकोलोजिष्ट डा विष्णुदत्त पौडेल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका अंकोलोजिष्ट डा शिवजी पौडेललाई सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै त्यहि हुने २६ र २७ जुनको क्यान्सर सम्वन्धी कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी, मन्त्रालयका डा विकास देवकोटा, विभागका पून्य पौडेल, डा झलक गौतमलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै समितिले अर्थ मन्त्रालयबाट आएको विकास सम्वन्धी कार्यक्रममा भाग लिनका लागि मन्त्रालयका उपसचिव बाबुराम खनाललाई अष्टेलिया पठाउने निर्णय गरेको छ । सो कार्यक्रम आगामी ५ देखि १८ अगष्ट सम्म हुनेछ ।

सिफारिस गर्दा नगए २ बर्ष सम्म सिफारिस नै नहुने, नाम तोकिएर निमन्त्रणा आएपनि जान नपाइने

सिफारिस सम्वन्धी नयाँ निर्देशिकाले अब देखि सिफारिसमा परेको व्यक्ति विदेश नगए उसको सिफारिस २ बर्षसम्म नहुने व्यवस्था गरेको छ ।

यस्तै कोही व्यक्तिले सिधै आफ्नो नाममा निमन्त्रणा मगाए पनि उ जान नपाउने व्यवस्था गरेको छ । ‘स्वास्थ्यमा पहुच भएका कतिपय कर्मचारीले आफ्नै नाममा निमन्त्रणा झिकाउने र विदेश जाने गर्दछन् । अव यो रोकिन्छ,’ सहसचिव गुरागाईँले भने ।

नयाँ निर्देशिकाले सबै स्वास्थ्यकर्मीलाई आवश्यकताको आधारमा विदेश भ्रमणको अवसर दिने समेत गुरागाईले बताए ।

भ्रमण सम्वन्धी सूचना र निर्णय वेवसाइटमा
नयाँ निर्देशिका लागू हुनासाथ अव सिफारिसमा परेका व्यक्ति, कहाँ कस्तो कार्यक्रम र कति अवधीका लागि भन्ने बारेको विवरण पहिले नै वेवसाइटमा राखिने बताइएको छ ।

तर मन्त्रालयले अहिलेसम्म सो काम कार्यान्वनयमा ल्याएको छैन । निर्णय भएको विवरण वेवसाइटमा राखिने भनिएपनि ८ जेठको निर्णय अहिलेसम्म वेवसाइटमा राखिएको छैन् ।

यो पनि पढ्नुहोस ………….

अब स्वास्थ्यको पनि विदेश भ्रमण सिफारिस प्रशासन महाशाखाबाट

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *