बीपी स्मृति अस्पतालको प्राविधिक सहयोगमा तनहुँमा स्वास्थ्य शिविर

192
Shares

काठमाडौँ, १२ जेठ । भानु नगरपालिकाको आयोजना बीपी स्मृति सामुदायिक अस्पताल बसुन्धरा र यसोधादेवी भगवानसिंह मेमोरियल ट्रष्टको प्राविधिक सहयोगमा शनिबार तनहुँको भानु नगरपालिका १३ टुटेपानी रिस्तिमा एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर आयोजना भएको छ ।

उक्त शिविरमा ४३६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

शिविरका लागि काठमाडौँबाट डा केदारनरसिंह केसीको नेतृत्वमा, डा धनबहादुर राना, डा मधुसुदन पुन, डा यावद सहित १६ जनाको टोली तनहु गएको थियो ।

शिविरमा प्रसूति तथा स्त्री रोग, जनरल मेडिसिन, बालरोग, हाडजोर्नी, आँखा तथा दाँत सम्वन्धी परीक्षण भएको टोलीका एक सदस्य डा रानाले बताए ।

 

उनले आवश्कताको आधारमा परीक्षण गर्न आउनेहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *