धादिङ अस्पताललाई वाटर डिस्पेन्सर प्रदान


धादिङबेसी, ७ जेठ । धादिङबेसी बजारस्थित महालक्ष्मी विकास बैंकले आज धादिङ अस्पताललाई तीन थान वाटर डिस्पेन्सर उपलब्ध गराएको छ ।

उक्त बैंकको २५ औँ वार्षिकोत्सवका अवसरमा प्रबन्धक खिलप्रसाद सिलवालले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा महेन्द्र धमलालाई बिरामीहरूका लागि तातो चिसो पानी खुवाउन सकिने सो डिस्पेन्सर हस्तान्तरण गरेका थिए ।

उक्त सहयोगप्रति आभार प्रकट गर्दै अध्यक्ष धमलाले डिस्पेन्सरलाई अत्यधिक बिरामीले उपभोग गर्न सक्ने स्थानमा जडान गरिने प्रतिबद्धता जनाए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *