आन्दोलनरत भक्तपुरका नर्स र मन्त्रालयबीच बार्ता हुँदै

1.6k
Shares

काठमाडौँ, ५ जेठ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आन्दोलनरत नर्सको मागको विषयमा स्वास्थ्य मन्त्रालयमा बार्ता हुँदैछ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको संयोजनमा हुन लागेको बार्तामा मन्त्रालय र प्रत्यारोपण केन्द्र प्रशासनका साथसाथै नर्सहरुको समेत सहभागिता हुने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालयका भक्तपुरका सहायक सीडीओको संयोजनमा बार्ता हुने भएको छ । जसमा मन्त्रालय र प्रत्यारोपण केन्द्र प्रशासनबाट ५ जना, नर्सहरुको तर्फबाट ५ जना सहभागी हुदैछन् । नेपाल नर्सिङ संघका अध्यक्ष प्राध्यापक तारा पोखरेलले भनिन् ।

सेवा सुविधाको माग राख्दै आन्दोलन शुरु गरेका प्रत्यारोपण केन्द्रका नर्सहरुले लोकसेवाबाट स्थायी प्रक्रियामा सहभागी हुन भन्दै सूचना जारी गरेपछि आक्रोशित भएका हुन् ।

उनीहरुले आफूहरुलाई स्वतः स्थायी त्यो नभए आन्तरिक परीक्षा र त्यो पनि नभए परीक्षामा फेल भएको खण्डमा सोही केन्द्रमा करारमा काम गर्न पाउने ग्यारेन्टी हुनुपर्ने माग अघि सार्दै आएका छन् । ती माग पुरा गर्न दवाव दिन उनीहरुमध्येकी एक डिकी शेर्पा आमरण अनसन समेत बसेकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *