भक्तपुर अस्पतालमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’ कार्यक्रम शुरु

भक्तपुर, १ जेठ । भक्तपुर अस्पतालमा आजदेखि ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’ कार्यक्रम शुरु भएको छ । कार्यक्रमको प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्दै जाने बताए ।

उनले प्रदेश सरकारले आगामी वर्षमा पनि जनता लक्षित प्रभावकारी स्वास्थ्य कार्यक्रम ल्याउने जानकारी दिए । गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न प्रदेश सरकारले कुनै कञ्जुस्याइँ नगरी पर्याप्त बजेट व्यवस्था गर्ने बताउँदै उनले प्रदेश सरकारले आफ्नो मातहतमा रहेका आठ वटा अस्पताललाई गुणस्तरीय स्वास्थ्य प्रवाह गर्ने गरी अगाडि बढ्ने बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रदेश सरकारको रु ३५ अर्ब बजेटमा रु छ अर्ब पनि खर्च गर्न नसक्नु अचम्म भएको भन्दै उक्त बजेटको रु चारदेखि पाँच करोड भक्तपुर अस्पताल र नगरपालिकाको स्वास्थ्य क्षेत्र सुधारका लागि व्यवस्था गर्न माग गर्नुरे ।

सङ्घ र प्रदेश नीति निर्माण गर्ने थलो भएको र यसको कार्यान्वयन स्थानीय तहले गर्नुपर्नेमा जोड दिँदै उनले केन्द्र र प्रदेश सरकारले सबै काम तथा अधिकार आफैँमा सीमित गर्न खोज्दा स्थानीय तहमा असमझदारी बढ्न थालेको बताए ।

कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुर अस्पतालले जनमुखी र गुणस्तरीय सेवा दिन नसक्नु दुःखद् भएको गुनासो गरे । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *