डडेल्धुरा : अमरगढीका २६ बालबालिकामा कुपोषण

192
Shares


अमरगढी, १ जेठ । डडेल्धुराको अमरगढी नगरपालिकाका २६ बालबालिकामा कुपोषण देखिएको छ । नगरपालिको पछिल्लो तथ्याङ्कअनुसार पाँच वर्षमुनिका दुई हजार चार बालबालिकामध्ये २६ मा शीघ्र कुपोषण देखिएको छ ।

यस्तै २३५ बालबालिकामा भने मध्य शीघ्र कुपोषण देखिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख लोकराज पनेरुले जानकारी दिए । सुत्केरीलाई घरमा पालेको गाईभैँसीको दूध दिँदा बच्चामा रोग लाग्ने तथा गाईभैंसीले पनि दूध दिन छाड्ने रूढीवादी परम्पराका कारण बालबालिकामा जन्मेदेखि नै कुपोषण हुने गरेको बताइएको छ । सुत्केरीले पोषणयुक्त खानेकुराअन्तर्गत दूध–दही नपाउने गरेका कारण बच्चामा कुपोषण देखिने गरेको उग्रतारा स्वास्थ्य चौकीका इञ्चार्ज अहेव केशवराज भट्टले बताए ।

“गाउँतिर त धेरै छ तर यहीँ नगरपालिकाभित्र समेत सुत्केरीलाई घरमा पालेको गाईभैँसीको दूध दिइन्न”, सहश्रलिङ्ग स्वास्थ्य चौकी राईकी अनमी तुलसी भट्टले भने । आफूहरुले सुत्केरीलाई पोषणयुक्त खानेकुरा खुवाउन भनेर सम्झाई बुझाई गरी पठाउने गरे पनि उनीहरुले त्यसलाई लागू नगर्ने भूमिराज स्वास्थ्य चौकीकी अनमी शान्ति भट्टले बताए ।

सुत्केरीलाई पोषणयुक्त खानेकुराबाट वञ्चित गर्दा बालबालिकामा कुपोषण देखिने भएकाले सुत्केरी अवस्थामा झन् बढी पोषिलो खानेकुरा आवश्यक पर्ने अमरगढी स्वास्थ्य शाखाप्रमुख पनेरुले बताए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *