नगर अस्पताल निर्माण गर्दै ललितपुर महानगरपालिका

296
Shares
ललितपुर, ३० वैशाख । नगर क्षेत्रमा कुनै पनि सरकारी अस्पताल नभएको अवस्थामा ललितपुर महानगरपालिकाले नगर अस्पताल निर्माण गर्ने योजना बनाएको छ ।
अस्पताल निर्माणका लागि महानगरले जग्गा पहिचान गरिसकेको छ । यस वर्ष अस्पताल निर्माण गर्ने स्थान निर्णय भइसकेपछि आगामी वर्षको बजेटमा रकम छुट्याइने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको वडा नं २७ ९साविक सुनाकोठी गाविस० मा रहेको सार्वजनिक जग्गामा अस्पताल निर्माण गर्ने योजना भएको महानगरका प्रवक्ता राजु महर्जनले बताए । उनले भने, “त्यस स्थानमा झण्डै १७ रोपनी खाली जग्गा खाली भएकाले अस्पताल निर्माणका लागि अहिले सम्भाव्यता अध्ययन भइरहेको छ ।”
ललितपुर उपमहानगरपालिका भएदेखि नै यहाँ सरकारी अस्पताल नहुँदा नगरवासी प्राथमिक स्वास्थ्य केन्द्र वा काठमाडौँका सरकारी अस्पताल जान बाध्य थिए । ललितपुरमा लामो समयसम्म जिल्ला अस्पताल नभएपछि अघिल्लो वर्ष मात्रै गोदावरी नगरपालिकाको स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल सारिएको थियो । महानगरपालिकाको वडास्थित स्वास्थ्य केन्द्रमा रहेका बर्थिङ सेन्टरले पनि बिरामीलाई किस्ट अस्पतालमा सिफारिश गर्ने गरेको थियो ।   रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *