रक्तदाता समाज भन्छ, ‘अस्पतालमा हुने लापरवाहीको पराकाष्टा’
काठमाडौँ, २३ बैशाख । नेपाल स्वयंसेवी रक्तदाता समाजले शल्यक्रिया गर्दा फरक रगत चडाई बिरामीको ज्यानै जाने अवस्था आउनुलाई अस्पतालमा हुने लापरवाहीको पराकाष्टाको संज्ञा दिएको छ ।
बासबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा गत १७ बैशाखमा मुटुको शल्यक्रिया गरिएकी ५ बर्षीया बालिकामा फरक समूहको रगत चडाइएको थियो । शल्यक्रिया पछि गम्भीर हुँदै गएकी उनको आज विहान साढे ४ बजे मृत्यु भएको छ ।
समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले जारी विज्ञप्तीमा कसैले पनि रगत नपाई मृत्युबरण गर्न नपरोस भनेर स्थापित संस्था रगतकै कारण ज्यान गयो भन्ने समाचार देखेर स्तव्ध भएको उल्लेछ ।
सर्लाहीकी आकृतिकुमारी मुटुको भल्भ फेर्न गत १३ बैशाखमा गंगालाल अस्पताल भर्ना भएकी थिइन । उनको १७ बैशाखमा शल्यक्रिया गरिएको थियो ।
त्यसबखत ओ पोजेटिभ रगत समूह भएकी उनलाई ए पोजेटिभ समूहको रगत चडाइएको थियो । सोही रगतको रियाक्सनको कारण उनको ज्यान गएको परिवारको आरोप छ । अस्पतालले भने यस विषयमा छानवीन चलिरहेको जनाएको छ ।
समाजका अध्यक्ष कर्मचार्यले अप्रेशनमा दिइने रगतको चरम दुरुपयोग र गम्भीर लापरवाही गर्नेमाथि छानवीन गरी कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् ।
उनले उपचारमा सम्लग्न चिकित्सकलाई भविस्यमा कुनैपनि निकायमा योग्य नहुने गरी अनुमति पत्र समेत खारेज गर्न माग गरेका छन् ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

