मुख्यमन्त्री पौडेलको रक्तचाप जाँच गरी अभियानको शुभारम्भ

240
Shares

हेटौँडा, २१ वैशाख । राष्ट्रिय रक्तचाप मापन अभियान २०१९ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको रक्तचाप मापन गरेर शुरु भएको छ । शुक्रबारदेखि शुरु भएको अभियान एक महीना सञ्चालन हुने जनाइएको छ ।

राष्ट्रिय रक्तचाप सोसाइटीको आयोजनामा मकवानपुरको हेटौँडाबाट यो अभियानको शुरुआत भएको हो । अभियानमार्फत् जिल्लामा एक हजार ५०० को रक्तचाप मापन गर्ने तयारी गरिएको अभियानका मकवानपुर संयोजक डाक्टर प्रवीण चौधरीले बताए ।

अभियानअन्तर्गत हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको रक्तचाप मापन गरिएको र नगरबाट पनि अभियान शुभारम्भ गरिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *