‘मेरुदण्डको बाथ दिवस’को सन्दर्भमा बाथरोग सेन्टरले गर्यो बृहत अन्तरक्रिया
काठमाडौँ, २० बैशाख । हरेक बर्ष मे महिनाको पहिलो शनिबार मनाइने ‘वर्ल्ड एन्कोलाइजिङ स्पोन्डीलाइटिस डे’ आउनु एक दिन अघि नेशनल बाथरोग सेन्टरले आज मेरुदण्डको बाथ रोगको बारेमा बृहत अन्तरक्रिया कार्यक्रम गरेको छ ।
रातोपुलस्थित सेन्टर परिसरमा भएको अन्तरक्रिया कार्यक्रममा भारतस्थि मेदान्त अस्पतालबाट आएका बरिष्ठ बाथरोग विशेषज्ञद्धय डा राजिव गुप्ता, डा मुरली थाइवा, सेन्टरका अध्यक्ष एवं बरिष्ठ बाथरोग विशेषज्ञ विनित बैद्य, डा श्वेता नकर्मी लगायतका चिकित्सकको सहभागिता थियो ।
यस्तै एन्कोलाइजिङ स्पोन्डीलाइटिस अर्थात मेरुदण्डको बाथरोगबाट पीडित विरामी र तिनका आफन्तले कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए । उनीहरुले उपचार, खर्च र विकल्पका बारेमा आफ्ना प्रश्न चिकित्सकलाई राखेका थिए ।
कार्यक्रममा डा गुप्ताले मेरुदण्डको बाथले चिनिने एन्कोलाइजिङ स्पोन्डीलाइटिसको बारेमा विस्तृत जानकारी दिएका थिए । उनले रोग लाग्न नदिनका लागि गर्नुपर्ने उपाय र लागि हालेमा अपनाउनुपर्ने सतर्कताको बारेमा प्रस्तुति दिएका थिए ।
यस्तै डा. थाइवाले नेपालमा बाथरोगको उपचारमा उल्लेखनीय प्रगति भएको भन्दै खुशी व्यक्त गरिन ।
कार्यक्रममा सेन्टरका अध्यक्ष एवं बरिष्ठ बाथरोग विशेषज्ञ डा बैद्यले नेपालमा बाथरोगको अवस्था, उपचारको व्यवस्थाको बारेमा प्रकाश पारेका थिए । उनले मेरुदण्डको बाथको औषधि महंगो पर्ने गरेको भन्दै सुलभ दरमा उपलव्ध गराउने दिशामा आफूहरु लागि परेको बताए ।
कार्यक्रममा डा नकर्मीले उपचार गर्ने विरामीले अपनाउनुपर्ने सजकताबारेमा जानकारी दिएकी थिइन ।
नेपालमा बाथरोग सम्वन्धी सर्भेक्षण भएको छैन । तर कम्तीमा पनि ४० लाख बढी विरामी बाथ रोगको भएको अनुमान छ । त्यसमध्ये करीब १० प्रतिशतलाई मेरुदण्डको बाथ हुने गरेको आकलन छ ।
के हो मेरुदण्डको बाथ ?
यो एक प्रकारको बाथरोग हो । जसले मुख्यतया मेरुदण्डमा असर गर्दछ । प्राय ४५ बर्ष मुनिका पुरुषमा यो बाथरोग बढी पाइन्छ ।
यो बाथ लाग्दा मेरुदण्ड विहानी पख दुख्ने, अरठ्टा हुने र विस्तारै मेरुदण्ड बांगिदै जाने हुन्छ । यसका साथै हात खुट्टाका जोर्नीहरु दुख्ने, सुन्निने, विहान अरठ्ट हुने, आँखा बारम्बार रातो भएर दुख्ने कुरकुच्चाको मुनि वा पछाडी दुख्ने जस्ता लक्षण देखा पर्न सक्छ ।
बाथ छालाको समस्या वा पेटको बाथसंग पनि देखा पर्न सक्छ । समयमा उपचार नगर्दा मेरुदण्ड बांगिने र जोर्नीहरु बांगिने, जोडिने हुनसक्छ । साथै मुटुको भल्वको समस्या, फोक्सोमा जाली पर्ने र मिर्गौलामा पनि जटिलता देखा पर्न सक्छन् । तर समयमै उपचार शुरु गर्न सकेमा यो रोग नियन्त्रणमा ल्याउन सकिन्छ । सेन्टरका कन्सलट्यान्ट ¥युमाटोलोजिष्ट डा श्वेता नकर्मी बताउछिन् ।
छ बर्ष अघि स्थापित नेशनल बाथरोग सेन्टरले रोग न्युनिकरणका लागि क्लिनिकल सेवाका साथै अनुसन्धान एवं जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।
अहिले उसले आफ्ना सेवाहरु रातोपुलको अलावा, जाउलाखेल ललितपुर, टेखापुखु भक्तपुर, पोखरा र झापामा आफ्नो सेवा विस्तार गरेको छ ।
सम्पर्क इमेल : [email protected]